प्रशासकीय अधिकृतको भान्से बसेकी गाउँपालिकाका अध्यक्षकी श्रीमतीले दिईन राजिनामा
प्रमुख प्रशासकीय अधिकृतको भान्से नियुक्त भएकी अछामको रामारोशन गाउँपालिकाका अध्यक्ष मानबहादुर साउदकी श्रीमती जयसराले पदबाट राजिनामा दिएकी छिन्।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीले सोमबार सूचना जारी गरी जयसराले राजीनामा दिएको र स्वीकृतसमेत भइसकेको बताएका छन।
‘अध्यक्षको कार्यकक्ष र क्वार्टरमासमेत काम गर्ने प्रयोजनका लागि गाउँपालिकाबाट भान्छे नियुक्त गरिएकोमा उक्त प्रकरणलाई अतिरन्जित गरी जनस्तराटसमेत व्यापक आलोचना भएकोले जयसरा साउँदले राजीनामा दिई स्वीकृतसमेत भएको छ,’ सोमबार प्रशासकीय अधिकृत भण्डारीले जारी गरेको प्रष्टीकरणमा उल्लेख छ।
साउँदले भान्छे पदमा रही काम गरेबापत लिएको पारिश्रमिक ३१ हजार ६ सय ३० रूपैयाँ गाउँपालिकाको सञ्चित कोषमा दाखिला गरेको पनि उनले बताएका छन्। अध्यक्ष मानबहादुर गत स्थानीय चुनावमा नेपाली कांग्रेसबाट अध्यक्ष पदमा निर्वाचित भएका थिए।
प्रमुख प्रशासकिय अधिकृत भण्डारी र अध्यक्ष साउदको मिलेमतोमा अध्यक्षकै श्रीमती जयसरालाई जेठ १५ गतेदेखि मंसिर १५ गतेसम्मका लागि भान्से नियुक्त गरिएको थियो। तर, उनलाई भान्से राख्न सल्लाह आफूले नदिएको र भान्से खोज्दा अध्यक्षले नै आफनै श्रीमतीको नाम दिएको भण्डारीले वताएका थिए ।
भान्से राख्न प्रस्ताव गरेपछि अध्यक्षले पहिला अर्कैको नाम दिएको र पछि आफनै श्रीमतीका लागि हारगुहार गरेपछि त्यसैअनुसार निर्णय भएको उनको दाबी थियो। भण्डारीले भनेका थिए, ‘अध्यक्षज्यूबाट १ जना साउद थर गरेको व्यक्तिको कागजात दिएको र उक्त कागजात मैले बुझी लिएको, केही समयपछि अध्यक्षज्यूबाट हाकिमसाव अस्तिको नगरौं अब यो काम गरौं भनी म्याडमको प्रस्ताव आएको र मैले यो गर्ने र ? भनी सोध्दा हो यहि गरौं भन्ने निर्देशन प्राप्त भएको र मैले हुन्छ भनेको !’
यो पनि,
गाउँपालिका अध्यक्षकी श्रीमती प्रशासकिय अधिकृतको भान्से !