News

डोजर लिएर हिडिरहेका बालेन्द्रले इन्द्रचोक र असनमा पनि धावा बोले

डोजर लिएर हिडिरहेका बालेन्द्रले इन्द्रचोक र असनमा पनि धावा बोले

काठमाडौं महानगरपालिकामा डोजर लिएर हिडिरहेका मेयर बालेन्द्र साहले इन्द्रचोक, असन, भेडासिंहलगायत क्षेत्रमा रहेका सडक किनारका पसल हटाउन थालेका छन्।

सडकका व्यापार व्यवसायले काठमाडौंको सौन्दर्यता, पुरातात्विक धार्मिक एवं पर्यटन समेतलाई असर परिरहेको निष्कर्ष निकाल्दै बालेन्द्र व्यापार व्यवसाय हटाउन लागेका हुन। महानगरले आइतबारनै २४ घन्टे समयसीमा दिएर व्यवसायीलाई पसल हटाउन भनेको थियो। तर अहिलेसम्म पनि व्यवसायीले पसल हटाएका छैनन्।

ईन्द्रचोकस्थित बंकेश्वर (सन्तानेश्वर) महादेव मन्दिर वरीपरी रहेका खास्तो व्यापार, भेडासिंगस्थित श्री भवानी शंकर मन्दिर नौदेवल (माटोको भाडा कुडा) लगाएत अन्य व्यापार व्यवसाय र  असनस्थित ट्रान्सफर्रमर मूनि (श्री उमा शंकर मन्दिरको दायाँ बायाँ (दुध डेरी) मा रहेको व्यापार व्यवसाय पसलहरू थालिएको छ।

काठमाडौं महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेले इन्द्रचोकदेखि असन क्षेत्रको फुटपाथ खाली गराउन थालिएको बताए । असनका साँघुरा गल्लीका दुबैतिरको फुटपाथमै पसल थापेपछि यात्रुहरुलाई आउजाउ गर्न समस्या हुने गरेको छ ।
 

विशेष