News

सन्दिप लामिछानेलाई तत्काल पक्राउ नगरिने

सन्दिप लामिछानेलाई तत्काल पक्राउ नगरिने

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध मंगलबार एक किशोरीले बलात्कारको आरोप लगाउँदै गौशाला वृत्तमा उजुरी दर्ता गरेकी छन् । 

उजुरी दर्ता भएसँगै प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ । उनीविरुद्ध आरोप लागे पनि तत्काल नै पक्राउ गर्न नसकिने प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राईले जानकारी दिए ।

उनले भने, ‘उहाँ अहिले देशबाहिर हुनुहुन्छ, हामीले अनुसन्धान अधिकृतहरू खटाएका छौँ । अहिले नै पक्राउ गर्छौँ भनेर भन्न सकिँदैन । प्रमाण जुट्नासाथ हामीले पक्राउ गर्छौँ, जाहेरी पर्नेबित्तिकै पक्राउ गर्नुपर्छ भन्ने हुँदैन ।’

यद्यपि लामिछाने प्रहरीको निगरानीमा भने रहेको प्रवक्ता राईले बताए । ‘उहाँ राज्यको निगरानीमा हुन्छ । अनुसन्धानलाई सहयोग नगरेको खण्डमा उहाँलाई नै असहज हुने हो । हामीलाई लाग्छ उहाँ स्वयं उपस्थित हुनुहुनेछ । त्यसो नभएको खण्डमा इन्टरपोलमार्फत झिकाउने वा अन्य तरिकाबाट झिकाउने कुरा त छँदैछ,’ प्रवक्ता राईले भने ।



सन्दीप अहिले क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्नका लागि वेस्ट इण्डिजमा छन् । प्रहरीमा दर्ता भएको उजुरीमा किशोरीले केन्या जानुअघि ५ भदौमा आफूलाई बलात्कार गरेको उल्लेख गरेकी छन् । 

सन्दीप ६ भदौमा टी–२० सिरिजका लागि केन्या गएका थिए । उनी टी–२० सिरिज खेलेर उतैबाट वेस्ट इण्डिज गएका हुन् ।  

विशेष