News

शिक्षक भट्टराईद्वारा असहाय बालबालिकालाई आर्थिक सहयोग

शिक्षक भट्टराईद्वारा असहाय बालबालिकालाई आर्थिक सहयोग

युनियन एजुकेशनका निर्देशक तथा रन्त माबी तनहुँका प्रधानाध्यापक  रमेशबाबु भट्टराईले व्यास समता विद्यालयका असहाय बालबालिकालाई सहयोग गरेका छन् ।  ५६औँ अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा भट्टराईले तनहुँको व्यास–७ शेराटारस्थित  समता विद्यालयका बालबालिकालाई विद्यालय पोशाक र खाद्यान्न सहयोग गरेका हुन् । 

व्यास नगरपालिकाले अनाथ, असहाय, विपन्न, शहीद, बेपत्ता र अन्य कारणले अभिभावकको मृत्यु भएका परिवारका बालबालिकालाई लक्षित गरी समता बिद्यालय सञ्चालनमा ल्याएको छ ।


व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने र उपप्रमुख इन्दिरा दरै, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सतिशचन्द्र न्यौपानेको उपस्थितीमा सो विद्यालयमा पढने ४५ जना बालबालिकालाई ५६ हजार बराबरको विद्यालय पोशाक र खाद्यान्न सामग्री सहयोग गरेको उनले जानकारी दिए ।  

भट्टराईद्धारा गरिएको सहयोग प्रति आभार व्यक्त गर्दै समितिका अध्यक्ष न्यौपानेले विद्यालय र बालबालिकाको बिकासमा सधै क्रियाशिल रहने बताए । 

पछिल्लो समय समाज सेवामा भट्टराई  सक्रिय छन्   । भट्टराईले विपन्न बालबालिकालाई शिक्षाको मूलधारमा समेट्ने नगरपालिकाको अभियानलाई सघाउन समता विद्याालयका बालबालिकालाई सहयोग गरेको बताए । 

आवासीय रुपमा सेवा लिइरहेका बालबालिकाको पठनपाठनमा सहयोग पुगोस भन्ने उद्येश्यले सहयोग गरेको भट्टराईको भनाई छ । 


 विद्यालयमा हाल ४५ जना बालबालिकाहरुले आवासीय रुपमा विद्यालयमै रहेर शिक्षा लिइरहेका छन् भने नगरपालिकाले त्यसको भौतिक र शैक्षिक संरचना बिस्तार गरिरहेको छ । 

विशेष