News

बालिकालाई बलात्कार गरेको आरोप लागेका सन्दीप लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी

बालिकालाई बलात्कार गरेको आरोप लागेका सन्दीप लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी

नाबालिगलाई बलात्कार गरेको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरूद्ध  पक्राउ पुर्जी जारी भएको छ। सन्दिप विरुद्ध १७ वर्षिया बालिकालाई बलात्कार गरेको आरोप लागेको छ।

काठमाडौं जिल्ला अदालतले उनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो। ‘मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद–१८ को दफा २१९ को ‘जबरजस्ती करणी गर्न नहुने’ कसूरमा सन्दीप लामिछानेमाथि थप अनुसन्धान गर्न अदालतले पक्राउ पुर्जी जारी गर्न अनुमती दिएको हो।

भदौ ५ गते मध्यराति काठमाडौंको एक होटलमा पु¥याएर सन्दिपले बलात्कार गरेको भन्दै प्रहरी वृत्त गौशालामा मंगलबार जाहेरी परेको थियो। होटलमा लामिछानेले आफूमाथि पटकपटक बलात्कार गरेको प्रहरीसमक्ष पीडितले बयान दिएकी छन्।

जाहेरी परेसँगै प्रहरीले यस घटनाको अनुसन्धान अघि बढाएको हो। प्रहरीले होटलको सिसिटिभी फुटेज पनि प्रमाणको रूपमा संकलन गरिसकेको छ। त्

बलात्कारको आरोप लागेपछि क्यारेबियन मुलुक सेन्ट लुसियामा रहेका सन्दिप लामिछानेले क्रिकेट एसोसिएशन अफ नेपाल (क्यान) सँग सम्पर्क गरेका छन्। लामिछानेले क्यानसँग सम्पर्क गरेर कानुनी सहयोगको अपेक्षा राखेका हुन्।
 

विशेष