News

कन्चनपुर क्षेत्र नम्बर २ बाट प्रदेश सभाका लागि जैँसी समानुपातिकतर्फ सिफारिस 

कन्चनपुर क्षेत्र नम्बर २ बाट प्रदेश सभाका लागि जैँसी समानुपातिकतर्फ सिफारिस 

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा माओवादी केन्द्रले संघ र प्रदेशका उम्मेदवार सिफारिस गरेको छ । नेकपा माओवादी केन्द्र क्षेत्र नम्बर २ को बैठकले संघ र सहित प्रदेश तर्फका प्रत्यक्ष तर्फ समानुपातिक उम्मेदवार सिफारिस गरेको हो । 


क्षेत्र नम्बर २ प्रदेश सभा (ख) बाट प्रत्यक्ष ओम विक्रम भाट (सरल), जनक धामी, लोकबहादुर ऐरी, शिवराज पनेरु, हेमराज पाण्डे र समानुपातिकतर्फ हिरा जैंसी (सिमा)  ईश्वर सुनार, कमल राना, कमला ऐर, गणेश विक, देशराज चौधरी, दुर्गा जोशी, मानबहदुर राना, लाल परियार, शान्ति शाही, शिवी लुहार सिफारिस भएका छन् ।

क्षेत्र नम्बर २ प्रदेश सभा (ख)बाट समाजुपातिक सिफारिस भएकी हिरा जैँसी (सिमा) माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समिति सदस्य हुन् । जैसीले ५९ सालमा भुमिगत राजनिति सुरु गरेकी थिइन् । पार्टी संगठनको विभिन्न भुमिका रहेर काम गरेकि जैंसी  अखिल नेपाल महिला संघ क्रान्तिकारीकी जिल्ला अध्यक्ष हुँदै केन्द्रिय सदस्य भएकि थिइन् । डडेल्धुराको रुपालमा जन्मिएकी थिइन् । 

जैँसी यसअघिको स्थानीय तहको निर्वाचनमा बेदकोट नगरपालिकाको उपमेयरका उम्मेदवार भएकि थिइन् । 

विशेष