News

सन्दिपलाई १२ वर्षसम्म हुनसक्छ कैद, बलात्कार आरोपको लडाईमा उनले क्यान गुहारे

सन्दिपलाई १२ वर्षसम्म हुनसक्छ कैद, बलात्कार आरोपको लडाईमा उनले क्यान गुहारे

बलात्कारको आरोप लागेका नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले कानुनी उपचारमा सहयोग गर्न नेपाल क्रिकेट संघ क्यानसँग गुहार मागेका छन्। हाल क्यारेबियन प्रिमियर लिग खेल्न वेष्ट इन्डिज (जमैका)मा रहेका उनले आरोप विरुद्ध लडाइँ लड्ने बताएका छन् ।

लामिछानेमावथ एक १७ वर्षीया बालिकाले गौशाला प्रहरी वृत्तमा बलात्कारको उजुरी दर्ता गरेकी छन् । सन्दीपलाई बलात्कारको आरोप लागेपछि क्यान अध्यक्ष चतुरबहादुर चन्दले बुधबार क्यानका पदाधिकारीबीच छलफल भरेका थिए।

क्यानका सचिव प्रशान्त विक्रम मल्लले आफुहरु घटनाको वस्तुस्थिति हेरेर पर्ख र हेरको अवस्थामा  रहेको बताए। प्रहारीले यस विषयमा छानबिन गरिरहेकोले क्यानले अहिले सन्दीपमाथि कुनै एक्सन लिने भन्दा पनि छानबिनमा सहयोग गर्ने मल्ले बताएका छन् ।

जाहेरीअनुसार घटना भएको भनिएको दिन सन्दीप राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा थिए। क्यानले नेपाली टिमका सबै सदस्यलाई सोल्टीमोडस्थित होटल हयात प्यालेसमा राखेको थियो।

अक्सर क्यानले काठमाडौंमा हुने सबैजसो प्रतियोगिता र बन्द प्रशिक्षणका लागि राट्रिय टिमका खेलाडीहरुलाई हयात प्यालेसमा राख्ने व्यवस्था गरेको छ। घटना भएको भनिएको अघिल्लो रातसम्म सन्दीपलगायत सबै खेलाडी सोही होटलमा बसेका थिए। 

जाहेरीअनुसार ती किशोरी र सन्दीपको चिनजान सामाजिक सञ्जाल मार्फत भएको थियो। किशोरी सन्दीपकी फ्यान थिइन्। स्न्यापच्याटमा ‘स्यान्डी ड्रिम्स’ नामको सन्दीपको आईडीमा जोडिएकी उनलाई चर्चित सेलिब्रेटी सन्दीपले राम्रै महत्व दिएको महसुस गरी नजिक भइन्।

स्न्यापच्याटमार्फत चिनजान भए पनि चिनजानको छोटो समयमै उनी अरु सामाजिक सञ्जालमा पनि जोडिएका थिए। स्न्यापच्याटमा जोडिएपछि भेटघाटका लागि सन्दीपले प्रस्ताव गरेका थिए। भेटका लागि किशोरी राजी भइन्। भदौ ५ गते साँझ ६ बजे किशोरीलाई लिन सन्दीप निजी कार लिएर किशोरी बस्ने होस्टल नजिकै आए।

सन्दीपले किशोरीलाई कारमा हालेर भक्तपुरतिर हिडे। राती करिब ८ बजे उनीहरु नगरकोट पुगे। नगरकोटमा खानपानसँगै सन्दीपले मद्यपान गरे। उनीहरु काठमाडौं पुगुञ्जेल रातिको ११ बजिसकेको थियो। होस्टल बन्द भइसकेकाले कहाँ जाने भन्ने अन्योल किशोरीमा थियो। सन्दीपले होटल जान प्रस्ताव गरेका थिए। किशोरी दुईओटा कोठा बुक गर्न भनिन्।

साढे ११ बजे गौशालास्थित तिलगंगामा रहेको एक होटलमा उनीहरू गए। बुक गरेको कोठामा एसी नभएको भन्दै अर्को कोठामा सरे। त्यसपछि मादक पदार्थ पिलाएर लठ्याएर आफूमाथि सन्दीपले बलात्कार गरेको आरोप किशोरीको छ।

प्रहरीले घटना भएको रात सन्दीप बसेको होटलका सीसीटीभी फुटेज संकलन गरेको छ। नगरकोट र काठमाडौंमा उनी बसेका होटलको सीसीटीभी फुटेज प्रहरीले मगाएको हो। अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार सिनामंगलस्थित होटलमा सन्दीप र ती किशोरी गएको सीसी क्यामेरामा देखिएको छ। 

सन्दीप यतिबेला ट्रिनिडाड एन्ड टोबागोमा छन्। भदौ ६ मा नेपालबाट बिदाई भएका उनी केन्यासँग एकदिवसीय र टी–२० सिरिज खेलेर क्यारेबियन प्रिमियर लिग खेल्न गएका हुन्। बलात्कारका घटना उनी केन्या जानुभन्दा अघिल्लो रातको हो।

सन्दीपलाई लागेको आरोप पुष्टि भए १२ वर्षसम्म कैद सजाय हुने देखिएको छ। मुलुकी अपराध संहिताको दफा २१९ को उपदफा (३) (घ) मा पीडित १६ देखि १८ वर्ष उमेरको भएमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। उपदफा २ ले १८ वर्षभन्दा कम उमेरका किशोरीसँग सहमतिमै सम्बन्ध भए पनि त्यसलाई जबर्जस्ती करणी भएको मानिने व्याख्या गरेको छ।
 

सन्दीप लामिछाने

विशेष