News

देउवालाई जिल्ला सभापतिहरुको ज्ञापन: रुखमा भोट हाल्न पाउँ

देउवालाई जिल्ला सभापतिहरुको ज्ञापन: रुखमा भोट हाल्न पाउँ

रुखमा भोट हाल्न पाउनुपर्ने माग गर्दै जिल्ला सभापतिहरूले विहिवार नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन्।

बागमती प्रदेशका १३ जिल्लाका जिल्ला सभापतिका तर्फबाट ज्ञापनपत्र बुझाईएको हो। जसको नेतृत्व धादिङका सभापति रामनाथ अधिकारीले गरेका छन्। ज्ञापनपत्रमा नेपाली कांग्रेसका नेता, कार्यकर्ताले आगामी चुनावमा रुख चिन्हमा भोट हाल्न पाउनुपर्ने माग गरिएको छ।

सिट बाँडफाँटको अन्तिम टुंगो लगाउने तयारी भइरहेका बेला जिल्ला सभापतिहरूले रुखभन्दा अन्यत्र भोट माग्न समस्या हुने जानकारी पार्टी सभापति देउवालाई गराएका हुन्। कांग्रेस एक्लै चुनाव लड्नुपर्ने भन्दै रूख भन्दा अन्यत्र भोट माग्न र हाल्न नसक्ने पार्टी सभापतिलाई जानकारी गराइएको अधिकारीले बताए। 

कांग्रेसले बागमती प्रदेशका चितवन–३, धादिङ–१, सिन्धुपाल्चोक–१, काभ्रे–१, काठमाडौं–८, काठमाडौं–२, रामेछाप, मकवानपुर–१, नुवाकोट– १, ललितपुर–१ गठबन्धनका अन्य दलहरूलाई छोड्नु पर्नेछ।

विशेष