News

देउडा हेर्न गएकी बालिकालाई मताएर सामूहिक बलात्कार

देउडा हेर्न गएकी बालिकालाई मताएर सामूहिक बलात्कार

कैलालीमा एक बालिकाको सामुहिक बलात्कार भएको छ। घोडाघोडी नगरपालिका १ सुखडमा गौराको अवसरमा भइरहेको देउडा हेर्न गएकी १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको हो ।

गत २१ गते राती बालिकालाई ‘तिमिसँग काम छ’ भन्दै एक युवकले लिएर गएको र त्यसपछि अन्यलाई फोन गरेर बोलाई बलात्कार गरिएको प्रारम्भिक अनुशन्धानबाट देखिएको प्रहरीले जनाएको छ। लिएर गएका युवकले किशोरीलाई जबरजस्ती मादक पदार्थ सेवन गराएको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ ।

इलाका प्रहरी कार्यालय सुखडमा डिएसपी लक्ष्मण शाहीका अनुसार फोन गरेर बोलाईएका सहित चार जनाले सामुहिक रुपमा रातभर बलात्कार गरेको खुलेको छ। बलात्कारपछि बेहोस भएकी बालिका २२ गते दिउँसो होसमा आएर साथीको घरमा पुगेकी थिईन।

२३ गते घर गएकी उनले त्यसपछि पनि आफमाथि भएको घट्नाका विषयमा अभिभावकलाई भन्न नसकेकी उनी सोही दिन सुखड बजारमा अर्ध चेत अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेको र त्यसपछि मात्र आफुहरुले जानकारी पाएको सुखड प्रहरीको भनाई छ।

उनको घोडाघोडी अस्पतालमा उपचार सुरु गरिएको छ। उपचार सुरु गरेको घण्टौंपछि होसमा आएकी उनले प्रहरीसँग आफू बलात्कारमा परेको बताएकी थिईन।

घट्नामा संलग्न मध्ये दुई ३ जनालाई प्रहरीले पक्राउ गरेको छ भने एक जना फरार रहेकाले खोजी भइरहेको जनाईएको छ।
 

विशेष