News राजनीति

मधेशका ३२ सिटमा गठबन्धनको हलो अड्कियो, तिब्र मतभेदले वैठक वस्नै सकेन

मधेशका ३२ सिटमा गठबन्धनको हलो अड्कियो, तिब्र मतभेदले वैठक वस्नै सकेन

कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको व्यस्तस्तताले सिट बाँडफाँट गर्न बोलाईएको सत्ता गठबन्धनको बैठक स्थगित भएको छ। सिट बाँडफाटको आधारविन्दु नै टुंग्याउन नसकेका गठबन्धन दलका नेताको वैठक शुक्रबारका लागि डाकिएको थियो।

दिउँसो ३ बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्रीसमेत रहेका देउवा र नेपालको व्यस्तताका कारण शनिबारसम्मलाई स्थगित गरिएको छ। बिहीबार वसेको बैठकले सहमति जुटाउन नसकेपछि शुक्रबारका लागि बैठक सारिएको थियो। विहिवार कार्यदल र शीर्ष नेताहरुबीच दिनभर छलफल भएको थियो।

प्रधानमन्त्री देउवा गृहमन्त्री बालकृष्ण खाँणलाई साथमा लिएर बीपी स्मृति दिवसको कार्यक्रममा सहभागी हुन शुक्रबार बिहान चितवन पुगेका थिए। उनी त्यहाँबाट फर्किन ढिलो भएको र एकीकृत समाजवादीका अध्यक्ष नेपाल पनि पार्टीको आन्तरिक कार्यक्रममा व्यस्त भएको भन्दै बैठक बस्न नसकेको हो।

तर स्रोतले भने गठबन्धनमा गम्भीर मतभेद भएकाले बैठक सारिएको जनाईएको छ। जानकारी अनुसार विशेष गरी मधेश प्रदेशका ३२ सिटलाई लिएर दलहरुबीच विवाद छ। ३२ मध्ये करिब २० वटामा जसपाले दाबी गरेको छ। उसले मधेशका ६० प्रतिशतसहित प्रदेश १ का मोरङ ५ र धनकुटामा पनि दाबी गरेको छ।

अर्कोतर्फ कांग्रेस पनि स्थानीय निर्वाचनको परिणाम देखाएर आफुले धेरै सिट पाउनु पर्ने दाबी गरिरहेको छ। कांग्रेसले पेलेको भन्दै जसपा अध्यक्ष यादवले गठबन्धनबाट बाहिरिएर नयाँ विकल्पमा जाने बताइसकेका छन्।
 

विशेष