News

नागरिकता विधेयक प्रकरणमा राष्ट्रपतिलाई प्रचण्डको दोश्रो धम्की

नागरिकता विधेयक प्रकरणमा राष्ट्रपतिलाई प्रचण्डको दोश्रो धम्की

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपतिलाई दोश्रो पटक धम्की दिएका छन।

राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण हुने विश्वास व्यक्त गरेका उनले दोस्रो पटक पठाइएको विधेयक पनि प्रमाणीकरण नगरे राजीनामा दिनुपर्ने बताए। दाहालले नत्र यो विषय अदालत जाने उनले पनि बताए ।

राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगर्ने सम्भावना पनि रहेको भन्दै उनले प्रमाणीकरण नगरे यो विषय अदालत जाने सम्भावना पनि रहेको बताए। पोखरा विमानस्थलमा पत्रकारसँग कुरा गर्दै दाहालले भने–‘दोस्रो कुरा, उहाँले राजीनामा दिने विकल्प रहन्छ ।’

यसअघि राष्ट्रपतिलाई भेट्दा उनले यसलाई ठूलै राजनीतिक मुद्दा बनाउने जस्तो देखेको आफूले पाएको दाहालले सुनाए । सोही भेटमा आफूले राजीनामा दिने वा अदालत जाने विकल्पबारे राष्ट्रपतिलाई भनेको उनको भनाई छ।

राष्ट्रपतिले अघिल्लो पटक नागरिकता विधेयकलाई प्रमाणीकरण नगरी फिर्ता गरेपछि सदनबाट जस्ताको तस्तै पारित गरी प्रमाणीकरणका लागि दोस्रो पटक राष्ट्रपति समक्ष पठाइएको छ । पहिलो पटक पनि दाहालले राष्ट्रपतिलाई यसैगरी धम्क्याएक थिए।

गत साउनमा जापान भ्रमण गरेका दाहालले सोही क्रममा नागरिकता विधेयक फिर्ता गरे राम्रो हुन्न भन्दै धम्की दिएका थिए।
 

विशेष