News राजनीति

चुनावी सहकार्यका लागि ओली र महन्थ ठाकुरबीच छलफल

चुनावी सहकार्यका लागि ओली र महन्थ ठाकुरबीच छलफल

मंसिर ४ गतेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा तालमेल गर्न नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच छलफल सुरु भएको छ। यही प्रकरणमा आज पनि एमाले अध्यक्ष केपी शर्मा ओली र लोसपाका अध्यक्ष महन्थ ठाकुरबीच छलफल भएको एमालेका एक नेताले पुष्टि गरे ।

उनले चुनावी सहकार्यबारेको छलफल सकारात्मक दिशामा रहेको जानकारी आफुले पाएको बताए।  दुई जनाबीच मंगलबार, बुधबार र बिहीबार छलफल भएको एमाले अध्यक्ष ओलीको सचिवालयले जनाएको छ। एमालेले लोसपालाई निकै अगाडि सहकार्यबारे आफ्नो तयारी गर्न प्रस्ताव पठाए पनि अध्यक्ष ठाकुर अनिर्णित भएका कारण छलफल अघि बढेको थिएन।

उपेन्द्र यादव नेतृत्वको जसपा सत्ता गठबन्धनसँग चुनावी तालमेलमा देखिएपछि ठाकुरलाई आवश्क पहल थाल्न पार्टीका नेताहरुले दबाव बढाएका छन् । एमालेसँग सहकार्य गर्नुको विकल्प नै नभएको भन्दौ नेताहरुले दवाव वढाएपछि अध्यक्ष ओली र ठाकुरबीच छलफलको सुरुवात भएको हो

मधेस प्रदेशमा रहेका ३२ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये करिब १८ वटा लिनेगरी एमालेसँग सहमति बन्न सक्ने लोसपाका नेताहरुको अनुमान छ। 
 

विशेष