News

बलात्कारको आरोप लागेपछि नेपाल फर्कदै सन्दीप, विमानस्थलमै पक्राउ पर्न सक्छन

बलात्कारको आरोप लागेपछि नेपाल फर्कदै सन्दीप, विमानस्थलमै पक्राउ पर्न सक्छन

बलात्कारको आरोप लागेर प्रतियोगिताबाट बाहिरएिपछि नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने नेपाल आउने तयारीमा लागेका छन्। उनले आजै फेसबुक स्टाटस मार्फत सीपीएलबाट बिदा लिएर नेपाल आउने जनाएका थिए ।

उनी एक–दुई दिनभित्रै नेपाल फर्किँदैछन् । उनी काठमाण्डौ उत्रिए लगत्तै पत्राउ पर्न सक्छन। सन्दिप विरुद्ध नेपाल प्रहरीले पक्राउ पूर्जी जारी गरिसबेबो छ। पुर्जी जारी भएसँगै नेपाल प्रहरीले उनीसँग संवाद गरिरहेको स्रोतको भनाइ छ ।

प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि नेपाल क्रिकेट संघले राष्ट्रिय टिमबाट सन्दिपलाई निलम्बन गरेको छ। यो सँगै उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) बाट बाहिरिएका छन् । उनले वेस्ट इन्डिजको क्रिकेट लिग गुमाउनु परेको छ।

सीपीएलमा सन्दीप जमैका तलावाजमा आबद्ध थिए । सन्दीप नेपाली टिमको नेतृत्व गर्दै केन्या गएका थिए । त्यहाँ पाँच म्याचको टी–२० श्रृंखला खेलिसकेर उनी सीपीएलका लागि वेस्ट इन्डिज गएका हुन् । यद्यपि, जमैका तलावाजले तीन म्याच खेलिसक्दा सन्दीपले प्लेइङ ११ मा स्थान पाएका छैनन् ।
 

विशेष