News

माधव नेपाललाई प्रचण्डको जवाफः संसद् विघटन अहिलेको गठबन्धनको विषय होइन

माधव नेपाललाई प्रचण्डको जवाफः संसद् विघटन अहिलेको गठबन्धनको विषय होइन

प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता साझेदार दलहरूसँग कैयौँ मतभेद रहेको खुलासा गरेका छन् । प्रधानमन्त्रीमा विश्वासको मत माग्ने विषयको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा दाहालले यस्तो खुलासा गरेका हुन।

सत्ता साझेदार दलहरूबीचमा कैयौँ मतभेद रहेको तर आवश्यकताले एक ठाउँमा उभिएको उनले बताए । ‘सत्ता साझेदार दलहरूबीच कैयौँ मतभेद छन् । यहाँ फरक फरक विचार राख्ने पार्टीहरू नै आबद्ध हुनुहुन्छ’ प्रधानमन्त्रीले भने, ‘सत्ता बाहिर रहेका दलहरूसँग हाम्रो हिजो सहमति भएका थिए र ती आज पनि कायम छन् ।’

उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटन सही थियो वा थिएन भन्ने कुरा अहिलेको सत्ता साझेदार दलको विषय नभएको बताए।‘हिजो संसद् विघटन गर्नु सही थियो÷थिएन अहिले सत्ता साझेदारभित्रको विषय होइन’ उनले भने–‘हामी सबैलाई थाहा भएकै कुरा हो ।’

ओलीले संसद् विघटन सही थियो भनेपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विघटनबारे गठबन्धनको धारण के हो भन्दै सोधेको प्रश्नको जवाफ दिने क्रममा उनले यसरी जवाफ दिएका हुन।
 

विशेष