News

प्रभु साहको लाईनमा प्रचण्ड नेतृत्वको राष्ट्रिय सहमतिको सरकार

प्रभु साहको लाईनमा प्रचण्ड नेतृत्वको राष्ट्रिय सहमतिको सरकार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार आम जनता पार्टीले औल्याएको लाईनमा अगाडि वढेको छ।

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले संसदको पहिलो वैठकलाई सम्वोधन गर्दै अहिले राष्ट्रिय सहमतिको सरकारको आवश्यक्ता रहेको वताएका थिए। दाहाल नेतृत्वको सरकार उनकै सोच अनुसार अगाडि वढेको छ।

नेपाली कांग्रेस, नेकपा एसलगायतका दलले विश्वासको मत दिएपछि दाहाल नेतृत्वको सरकार राष्ट्रिय सहमतिको सरकार बन्‍ने भएको छ। अध्यक्ष साहले नयाँ संसद्को पहिलो बैठकलाई सम्बोधन गर्दै स्थायित्व र आर्थिक सुधारका लागि राष्ट्रिय सहमतिको सरकार बनाउन आव्हान गरेका थिए। 

माओवादी अध्यक्ष दाहालले प्रधानमन्त्रीको शपथ ग्रहण गरेदेखि नै उनले राष्ट्रिय सहमतिको सरकार बनाउन लबिङ थालेका थिए। यसका लागि उनले विभिन्‍न तहमा विभिन्‍न नेताहरु भेट गर्दै राष्ट्रिय सहमतिको सरकार गठनका लागि पहल गरेका थिए। 

साह यसअघि नेकपा एमाले परित्याग गर्दै स्वतन्त्र रुपमा चुनावमा प्रतिस्पर्धा गर्दै विजयी भएका थिए। दाहालले विश्‍वासको मत प्राप्त गरेसँगै यो सरकार साहको पहलमा राष्ट्रिय सहमतिको सरकार बनेको हो। 

वर्तमान संविधानको रक्षाका लागि यो सरकारलाई विश्वासको मत दिने निर्णय गरेको कांग्रेसले जनाएको छ। विश्वासको मत माग्दै दाहालले सहमति, सहकार्य र आपसी विश्वासको राजनीतिलाई अगाडि बढाउन आफू तयार रहेको बताएका छन्। 

प्रतिनिधिसभामा विश्वासको प्रस्ताव पेस गर्दै दाहालले आफू निषेध, अपमान र प्रतिशोधका आधारमा अगाडि नबढी सहमति र सहकार्यका आधारमा चल्ने बताए।  सामाजिक न्याय, सुशासन र समृद्धिको संकल्पसहित अघि बढ्नका लागि उनले यो सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउन आफू पनि तयार भएको बताए। 

नेपालमा अहिलेसम्म भएका राजनीतिक परिवर्तनहरू वाम–लोकतान्त्रिक शक्तिकै सहकार्यमा भएको पनि उनको भनाइ छ । दुवै धारका शक्तिहरू मिल्दा देश अगाडि बढेको पनि उनले बताए । दुई ध्रुवका शक्तिहरू नमिल्दा देश संकटमा पुगेको उल्लेख गर्दै उनले सहमतिकै आधारमा राजनीति अगाडि बढ्नुपर्ने बताए ।
 

विशेष