News

कांग्रेसको ढिलासुस्तीले प्रतिनिधि सभाको वैठक सर्यो

कांग्रेसको ढिलासुस्तीले प्रतिनिधि सभाको वैठक सर्यो

नेपाली कांग्रेसले कार्य सम्पादन समितिको बैठक बोलाएको छ। संसदीय दलको बैठक वस्नुअघि कार्यसम्पादन समितिको वैठक वोलाईएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा कांग्रेसमा एक मत भएको छैन। सोही विषयमा छलफल गर्न कार्य सम्पादन समितिको वैठक वोलाएको हो।

बिहान साढे ११ बजे कार्य सम्पादन समितिको बैठक बस्ने र त्यसको निर्णय अनुसार संसदीय दलको बैठकबाट विश्वासको मतबारे औपचारिक निर्णय लिने कांग्रेसका एक नेताले बताए ।

विश्वासको मतबारे आज बिहान कांग्रेस पदाधिकारीको बैठकमा पनि छलफल भएको छ । पदाधिकारी बैठक लम्बिएपछि संसदीय दलको बैठक पनि पछि धकेलिएको थियो । कांग्रेसको निर्णयलाई कुर्दै आज विहान ११ बजे वोलाईएको प्रतिनिधि सभाको बैठक पनि १ बजेसम्मलाई सारिएको छ । 
 

विशेष