News

नेकपा एसले सरकारलाई विश्वासको मत दिने, प्रतिपक्षमा वस्ने

नेकपा एसले सरकारलाई विश्वासको मत दिने, प्रतिपक्षमा वस्ने

माधब नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय  गरेको छ । पार्टीको केन्द्रीय सचिवालयको मंगलबार बिहान बसेको बैठकले सरकारलाई ससर्त विश्वासको मत दिने निर्णय गरेको हो।

उक्त पार्टी विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने निर्णय भएको छ। ‘एकीकृत समाजवादीले यो सरकारलाई ससर्त समर्थन गर्ने र प्रतिपक्षमा रहने निर्णय गरेको छ’ पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले भने ।

एकीकृत समाजवादीका प्रतिनिधिसभामा १० सदस्य रहेका छन् । संसद्को सोमबार भएको पहिलो बैठकमा दलका अध्यक्ष माधवकुमार नेपालले सम्बोधनको क्रममा दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने संकेत गरेका थिए ।

नेकपा एसले वाग्मति सरकारमा पनि माओवादी नेतृत्वलाई समर्थन गरेको छ । 
 

विशेष