News

एमालेबाट विद्रोह गरेका भुसाल नेकपा एस प्रवेश गर्दै

एमालेबाट विद्रोह गरेका भुसाल नेकपा एस प्रवेश गर्दै

नेकपा एमालेले टिकट नदिएपछि पार्टीबाट विद्रोह गरेर स्वतन्त्र चुनाव लडेका नेता घनश्याम भुसाल नेकपा एकिकृत समाजवादीमा प्रवेश गर्ने भएका छन्।

उनी बिहीबार औपचारिक रुपमा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्न लागेको उनि निकट श्रोतले जनाएको छ। १–२ दिनमा यस विषयमा औपचारिक घोषणा हुने जनाईएको छ।

हालसम्मको तयारीअनुसार बिहीबार औपचारिक कार्यक्रम गरेर उनी पार्टी प्रवेश गर्ने जनाईएको छ।

मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिएका भूसाल एमाले उम्मेदवारसँग पराजित भएका थिए। सत्ता गठबन्धनको समेत समर्थन पाएका भुसाललाई हराउँदै त्यहाँबाट एमालेका छविलाल विश्वकर्मा विजयी भएका छन् ।

त्यसयता भुसालले एकीकृत समाजवादीको नेतृत्वसँग पटक–पटक छलफल गर्दै आएका थिए । भूसालले पार्टी प्रवेशका लागि तयार पारेको ‘कम्युनिस्ट आन्दोलनको पुनर्गठन, रुपान्तरण तथा एकीकरणका लागि प्रस्ताव’ मा लेखिएको छ–‘अनौपचारिक छलफलमा नेकपा (एकीकृत समाजवादी) का सबैजसो नेता÷कार्यकर्ताले विचार, सिद्धान्त र लोकतान्त्रिक विधिमा कम्युनिस्ट आन्दोलनलाई पुनर्गठित र एकीकृत गर्न आवश्यक सबै नीति र संरचनाका लागि देखाउनुभएको तत्परता सकारात्मक छ।’
 

विशेष