News

किन देउवाको विपक्षमा उभिए नैनसिंह महर, भने– महाभुल

किन देउवाको विपक्षमा उभिए नैनसिंह महर, भने– महाभुल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सभापति देउवाको निर्णय विरुद्ध उभिने संकेत गरेका छन्। उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई कांग्रेसले विश्वासको मत दिने निर्णय गरे महाभुल हुने बताएका छन् ।

अहिलेको अवस्थामा कुनै पनि हालतमा दाहाललाई विश्वासको मत दिन नहुने उनले बताएका छन् । ‘निर्वाचनअगाडि कांग्रेस केन्द्रीय समितिको बैठकमा गठबन्धन भुल हुन्छ भनेको थिएँ’, महरले सामाजिक सञ्जालमा भनेका छन्, ‘आज फेरि भन्छु । सरकारलाई कांग्रेसले समर्थन गर्नु भनेको महाभुल हुनेछ ।’ 

उनले संसदीय व्यवस्थाभित्र रहेको पक्ष र प्रतिपक्षको संवैधानिक प्रावधानको समेत सम्मान गर्न निर्णय प्रक्रियामा संलग्न पार्टीका पदाधिकारी र सांसदलाई आग्रह गरेका छन् । 

बाँकी समीक्षा केन्द्रीय समितिको बैठकमा हुने उनको भनाइ छ । यता, सभापति देउवा लगायतका अधिकांश नेता दाहाललाई विश्वासको मत दिने पक्षमा देखिएका छन्। धुम्बाराहीमा सकिएको कांग्रेस पदाधिकारी बैठकबाट उनीहरुले त्यस्तो संकेत गरेका हुन।

बैठकमा सहभागी एक पदाधिकारीका अनुसार कांग्रेसले विश्वासको मत दिने सम्भावना छ। कार्यसम्पादन समिति बैठकले योबारे निर्णय गर्छ। अहिले साढे ११ बजे संसदको ल्होत्से भवनमा कार्यसम्पादन समितिको बैठक बस्ने बताइएको छ।

विशेष