News

प्रचण्डलाई विश्वासको मत दिने कांग्रेसको निर्णयमा क–कस्को छ असहमति ?

प्रचण्डलाई विश्वासको मत दिने कांग्रेसको निर्णयमा क–कस्को छ असहमति ?

प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने नेपाली कांग्रेसको निर्णयमा ४ जनाले लिखित असहमति जनाएका छन् । असहमति जनाउनेमा दुई महामन्त्रीसमेत छन्।

महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा तथा नेताहरु अर्जुननरसिंह केसी र बलबहादुर केसीले निर्णयमा लिखित असहमति जनाएका हुन् । पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने प्रस्ताव गरेपछि उनीहरुले असहमति जनाउँदै कार्य सम्पादन समिति बैठक बोलाउन माग गरेका थिए ।

जस अनुसार कार्य सम्पादन समितिले सभापति देउवाकै चाहना अनुसार विश्वासको मत दिने निर्णय गरेकोमा ४ जनाले फरक मत राखेका हुन् । कांग्रेसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने भएको छ ।

प्रतिपक्षीमा रहने गरी विश्वासको मत दिने निर्णय भएको एक नेताले वताए ।
 

विशेष