News

संसदको रोष्टममै ओली– देउवा भनाभन, यस्तो छ विषय

संसदको रोष्टममै ओली– देउवा भनाभन, यस्तो छ विषय

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच प्रतिनिधि सभाको रोष्टममै भनाभन भएको छ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिने सन्दर्भमा छलफल भइरहेका बेला सत्ता गठबन्धनका प्रमुख नेता केपी शर्मा ओली र विपक्षी नेता शेरबहादुर देउवाबीच सवाल जवाफ चलेको हो ।

देउवाले ओलीको अघिल्लो दिनको अभिव्यक्तिको विरोध गरेका थिए। ‘संसद विघटनको सवालमा केपी ओलीले गरेको सम्बोधनप्रति गम्भीर ध्यानाकर्षण भएको छ। उहाँको बोलीपछि संविधानको रक्षाका लागि खरो रूपमा उभिने बेला आएको छ,’ उनले भनेका थिए। 

त्यसलगत्तै बोल्न रोष्टममा उभिएका ओलीले देउवालाई जवाफ दिई हाले। ओलीले कांग्रेस सभापति देउवानै संसद विघटनको गुरू रहेको बताए। राजनीतिक घटनाक्रमलाई आफू अनुकुल व्याख्या गर्न नहुने भन्दै उनले थपे–‘१५ सालमा बनेको संसदलाई १७ सालमा विघटन गर्ने राजा महेन्द्र हुन् होइन। २०४८ को संसदलाई विघटन गरेर ०५१ मा मध्यावधि गर्ने कांग्रेस हो म होइन। गुरूजी, आफूले कति पटक संसद विघटन गरियो। मेरा मित्रलाई म भन्न चाहन्छु २०५८ साल असारमा संसद विघटन गरेको तपाईंले होइन।’

देउवाले त्यसबेला संसद विघटन गर्दा सबैले विरोध जनाए पनि आफूले मात्रै समर्थन गरेको ओलीको भनाइ थियो। संसद विघटन गरेर जनताका जाने काम प्रतिगमन नभएको उनले दोहो¥याए।
 

विशेष