News

महिना दिनभित्र रेशम चौधरीलाई रिहा गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

महिना दिनभित्र रेशम चौधरीलाई रिहा गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

प्रधानमन्त्री पुष्पकमल दाहालले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई १ महिनाभित्र जेलबाट रिहा गर्ने वचन दिएका छन्। दाहालको वचनपछि उनको पार्टीले सुदूरपश्चिम प्रदेशमा गठबन्धन सरकारलाई समर्थन गर्ने भएको छ।

प्रधानमन्त्री दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले महिना दिनभित्र रेशम चौधरीसहित टीकापुरका घटनाका राजबन्दीहरूलाई रिहाइ गर्ने आश्वासन दिएपछि गठबन्धन सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले जानकारी दिइन। 

थारूहरूलाई माघीको उपहारस्वरुप रेशम चौधरी र टीकापुर घटनाका राजबन्दीहरूलाई माघ महिनाभित्रै रिहाइ गर्ने आश्वान दिएको जनाईएको छ। सुदूरपश्चि प्रदेशमा निर्णायक रहेको नागरिक उन्मुक्तिले रेशम चौधरीको रिहाइ नगरेसम्म गठबन्धन सरकारलाई समर्थन नगर्ने जनाएको थियो। अध्यक्ष चौधरीले सरकारलाई समर्थन गरे पनि नागरिक उन्मुक्ति प्रतिपक्षीमा बस्ने बताइन्।

यससँगै सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका तर्फबाट राजेन्द्र सिंह रावलले माओवादी, नागरिक उन्मुक्ति र राप्रपाको समर्थनमा मुख्यमन्त्रीको दाबी पेस गरेका छन् ।

विशेष