News

२ मुख्यमन्त्रीका लागि राप्रपाले बार्गेनिङ गर्न थालेपछि गठवन्धनमा तनाव

२ मुख्यमन्त्रीका लागि राप्रपाले बार्गेनिङ गर्न थालेपछि गठवन्धनमा तनाव

सत्ता गठबन्धनको सत्ता साझेदार राप्रपाले २ मुख्यमन्त्रीमा दावी गरेको छ। जसका लागि गठबन्धनमा दबाब बढाउन थालिएको छ।

राप्रपाले बागमती र गण्डकी  प्रदेशमा मुख्यमन्त्री दाबी गरेको छ। राप्रपाका नेताहरूको भनाइमा बागमती प्रदेशको मुख्यमन्त्रीमा भने धेरै जोड दिएको छ । सत्ता गठबन्धनका प्रमुख दल एमाले र माओवादी केन्द्रबीच सातवटा प्रदेशमध्ये चारवटामा एमाले र दुईवटामा माओवादी केन्द्रले मुख्यमन्त्री पाउने गरी अनौपचारिक सहमति भएको छ ।

मधेस प्रदेश भने जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीलाई दिने पनि बताइएको छ । तर, जनमत र जसपाले भने आलोपालोमा सरकार चलाउनुपर्ने पनि अनौपचारिक सहमति छ । त्यो सहमति भने अहिलेसम्म कार्यान्वयनका लागि सहज वातावरण  देखिएको छैन ।

यता राप्रपाले नै दुई मुख्यमन्त्रीमा दावी गरेपछि गठबन्धनमा तनावको बातावरण छ। सत्ता साझेदार  भएको  र शक्ति पनि बलियो भएकाले मुख्यमन्त्रीमा दाबी गरहेको नेताहरुले वताएका छन् । त्यसैले अनौपचारिक रूपमा एमाले र माओवादी केन्द्रबीच भएको यो सहमतिलाई राप्रपाले थप चुनौती दिने संकेत देखिएको हो ।

बागमती प्रदेशमा एमाले र माओवादी केन्द्र दुवैको दाबी थियो । त्यही दाबीमा राप्रपा थपिएको हो । राप्रपा बागमती प्रदेशमा निकै बलियो शक्ति बनेको छ । अघिल्लो चुनावमा एक सिट रहेको राप्रपा अहिले निर्णायक शक्तिका रूपमा देखिएको छ । जहाँ राप्रपाका संसदीय दलको नेता उद्धव थापा छन्।

बागमती प्रदेश पाएमा तिनै थापा मुख्यमन्त्रीको दाबेदार हुनेछन् । तर, राप्रपाले बागमती प्रदेशको मुख्यमन्त्री दाबी गरेर प्रदेशसभामा सभामुख, उपसभामुखका लागि बार्गेनिङ गरेको  पनि विश्लेषण भइरहेको छ । राप्रपाले संघीय सरकारमा मन्त्रालयको संख्या बढाउन खोजेको छ । सत्ता गठबन्धनमा राप्रपाले दुईवटा मन्त्रालय पाउने पाएको र अव तीनवटा मन्त्रालय लिन खोजिरहेको छ ।

विशेष