News

एमालेले माधव नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गर्ने कुरा पत्याउने सकिदैनः तुलाधर

एमालेले माधव नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गर्ने कुरा पत्याउने सकिदैनः तुलाधर

नेकपा एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई नेकपा एमालेले राष्ट्रपतिको लागि प्रस्ताव गर्ने कुरा पत्याउनै नसकिने वताएका छन् ।

आइतबार पार्टी कार्यालयमा स्थायी कमिटी बैठकबारे जानकारी दिन पत्रकारहरुसँग कुराकानी गर्दै उनले नेता नेपाललाई राष्ट्रपति बनाउने कुरामा सत्यता नभएको र एमालेबाट यति ठूलो प्रस्ताव आउने विषय पत्याउन पनि नसकिने बताए ।

‘यो कुराले कहाँबाट, कसरी आयो हावामा आयो, हावामा नै गयो जस्तो लाग्छ। नेकपा एमालेका तर्फबाट फेरि माधवकुमार नेपाल, एकीकृत समाजवादीको अध्यक्षलाई यस्तो ठूलो प्रस्ताव यति छिटै, सजिलोसँग राख्लान् भन्ने मलाई लाग्दैन र गरेको हो भन्ने पनि मलाइ लाग्दैन’– उनले भने।

उनले यदि यो विषयमा कतै चर्चा भएको भए एकीकृत समाजवादीको कार्यकर्तालाई भ्रममा राख्ने कोशिसमात्र भएको उनको भनाई छ। नेकपा एमालेसँग पार्टी एकताको कुरा पनि हल्ला मात्रै भएको उनले टिप्पणी गरे ।

‘पार्टी एकताको कुरा नेकपा एमालेका केही मान्छेले मात्रै हल्ला चलाएका हुन्, यसमा हामी भ्रममा पर्न हुँदैन’, तुलाधरले भने, ‘एकता हुन्छ भनेर हाम्रो कार्यकर्तालाई भुलभुलैयामा राख्ने कोशिस भएको छ ।’

माओवादी र जनता समाजवादीसँग पनि एकताको कुरा अगाडि नबढेको उनले बताए । आफ्ना केही नेताले अनौपचारिक कुरा गरेको भए पनि औपचारिकरुपमा त्यस्तो कुनै निर्णय नभएको उनले वताए ।

विशेष