News

प्रधानमन्त्री प्रचण्ड र प्रधानसेनापति एकै दिन किन जाँदैछन् गोरखा ?

प्रधानमन्त्री प्रचण्ड र प्रधानसेनापति एकै दिन किन जाँदैछन् गोरखा ?

प्रधानमन्त्री पुष्पकमल दाहाल आज गोरखा जाने भएका छन् । प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्ड पहिलो पटक गोरखा जान लागेका हुन्। दाहाल गोरखा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन।

प्रधानमन्त्री दाहाल आजबाट सुरु हुने ११औँ गोरखा महोत्सवको उद्घाटन गर्न गोरखा जान लागेका हुन्। खेलकुद मैदान हरटारीमा महोत्सवको आयोजना हुँदैछ । 

गोरखा उद्योग बाणिज्य संघले आजदेखि गोरखा महोत्वस गर्न लागेको हो। केही दिनअघि गोरखा उद्योग बाणिज्य संघका पदाधिकारीहरूले प्रमुख अतिथिका रूपमा गोरखा आइदिन प्रधानमन्त्री दाहाललाई बालुवाटार पुगेर निम्तासमेत दिएका थिए।

यसैविच प्रधान सेनापति प्रभुराम शर्मा पनि आज गोरखा जाने भएका छन्। गोरखाको ठूलो आँगनमा गोरखा नगरपालिकाले राखेको पृथ्वीनारायण शाहको सालिक अनावरण गर्न प्रधान सेनापति शर्मा बुधबार अपरान्ह ३ बजे गोरखा पुग्ने कार्यक्रम छ।

गोरखा नगरपालिकाले २० लाख भन्दा बढी खर्च गरेर ठूलो आँगनमा सालिक राखेको छ। यो सालिकमा अब हरेक दिन नेपाली सेनाले सलामी दिनेछ। 
 

विशेष