News विदेश

चलेनन् चीनबाट ल्याइएका बोगीहरु, चिनियाँ उत्पादनमाथि थप प्रश्‍न 

चलेनन् चीनबाट ल्याइएका बोगीहरु, चिनियाँ उत्पादनमाथि थप प्रश्‍न 

बेइजिङ । चीनबाट १४९ मिलियन डलरको लागतमा आयात गरिएका बोगीहरू पाकिस्तानी ट्रयाकमा दौडन नसक्ने बनेका छन्। जसका कारण चीनमा निरीक्षण गर्ने अधिकारीहरूको दक्षता र योग्यतामाथि प्रश्न उठेको छ।

उक्त बोगीहरू सञ्चालन गर्न मात्रै लाखौं रुपैयाँ खर्च गर्नुपर्ने स्रोतले एक्सप्रेस ट्रिब्यूनलाई बताएको छ। उनीहरूले पाकिस्तान रेलवेको स्की लाइनमा मर्मतसम्भारको काम भइरहेको पनि बताए।

तर, गलत प्रेसर पाइपका कारण ब्रेक राम्ररी काम नगर्दा दुर्घटनाको जोखिम रहेको उनीहरुको भनाइ छ। यी सबै समस्यालाई मध्यनजर गर्दै प्रशासनले पाकिस्तानका बोगीहरूमा दुईदेखि साढे दुई इन्च बाक्लो पाइप बिछ्याउने काम थालेको हो। यी बोगीहरूमा पहिले २० इन्चको पाइप जडान गरिएको थियो।

प्रमुख मेकानिकल इन्जिनियर मोहम्मद हसिबले बोगीहरू प्राविधिक रूपमा फिट गर्ने काम भइरहेको बताए। चीन भ्रमणमा गएका ८८ अधिकारीले टाडा अन्तर्गत दैनिक १०० डलर पाएका थिए। यसरी चिनियाँ गलत प्रवृतिले समस्या हुने बताइएको छ। tribune

विशेष