News

यसरी सवैको रोजाईमा पर्यो करेन्ट चाउचाउ

यसरी सवैको रोजाईमा पर्यो करेन्ट चाउचाउ

उद्योगधन्दाका हिसावले नेपाल अति नै पिछडिएको मुलुक हो। नेपालले नुन देखि सुनसम्म आयात गरेरै काम चलाएको छ। नेपालमा जति सामान उत्पादन हुन्छन्, ति पनि कमसल भएको आरोप लाग्छ।

तर, चाउचाउको क्षेत्रमा भने नेपालले फड्को मारेको छ। नेपालको चाचउचाउले विदेशी चाउचाउलाई पनि विस्थापित गरेको उदाहरण छ। केही समय अघिसम्म एकछत्र राज गरिरहेका चाउचाउको वजारमा करेन्ट चाउचाउको आगमनसँगै अन्य चाउचाउको वजार खस्किएको छ।

खास गरी कोरोनका कारण कोरियन रामेनको आयत रोकिएपछि नेपाली वजारमा करेन्ट चाउचाउले धावा वोलेको हो। यशोदा फूडको ‘करेण्ट चाउचाउ’ को स्वाद कोरियन रामेनजस्तै भएका कारण पनि यसको माग अत्याधिक वढेको छ। यशोदाले करेन्ट अकबरे, करेन्ट हट एण्ड स्पाइसी र करेन्ट हट एण्ड लेमन ब्राण्डमा चाउचाउ बिक्री गर्दै आएको छ।

कोभिड–१९ को पहिलो लहरपछि कोरियन रामेन आयात हुन सकेन। यो आयात नभएको मौका छोप्दै यशोदाले करेण्ट चाउचाउको आपूर्ति बढायो। कोरियन रामेनकै स्वादमा त्यो पनि सय रुपैयाँ सस्तोमा यो चाउचाउ आएपछि युवापुस्ताको ध्यान खिच्यो।

कोरियन रामेनको एक प्याकेटको डेढ सय रुपैयाँ थियो। तर करेन्ट ५० रुपैयाँ प्याकेटमा यही स्वादको चाउचाउ बिक्री सुरु भयो। १२ देखि ३० वर्ष उमेर समूहलाई यो चाउचाउको पिरो स्वादले आकर्षित ग¥यो। उनीहरुको रोजाइमा अहिले करेन्ट नै पर्न थालेको छ।

चाउचाउ बजारमा झण्डै डेढ दशकदेखि राज गरिरहेका चाउचाउसँग प्रतिस्पर्धा गर्न यो विचमा धेरै चाउचाउ कम्पनीहरु खुले । तर, प्रतिस्पर्धा गर्न नसकेर प्राय सवै बन्द भएका छन्। तर पछिल्लो समय आएको करेन्टले भने अन्य सवै चाउचाउलाई राम्रै धक्का दिएको छ। 

करेन्ट चाउचाउको मसलामा विशेष गरी नेपालको पहाडी भेगमा पाइने डल्ले (अकवरे) खुर्सानीको प्रयोग गरीएको छ। जस्ले चाउचाउमा स्वाद त वढाएको छ नै अन्य खुर्सानीको तुलनामा स्वास्थ्यलाई पनि फाईदा पुर्याउने उत्पादकको दावी छ।

करेन्ट चाउचाउको मसलाले अन्य चाउचाउको तुलनामा खरावी भन्दा पनि औषधीको काम गर्ने वताईन्छ। स्वाद पनि मिठो र स्वास्थ्यका हिसावले पनि लाभदायक भएपछि यसको माग वढेको वताईन्छ।

करेन्ट चाउचाउको माग वढ्दै गएपछि नेपाल मात्र होईन अमेरिका, जापान, अस्ट्रेलिया, क्यानडा, इटाली लगायत देशमा पनि निकासी भईरहेको छ। वजारमा डल्ले खुर्सानीको अभाव हुन नदिन यशोदाले अर्घाखाँची, गुल्मी, पाल्पा, र हेटौडाका केही कृषी सहकारीलाई अग्रिम रुपमा दश÷दश लाख रुपैयाँ उपलब्ध गराएर खुर्सानी उत्पादनमा प्रोत्साहन गरिरहेको छ।

खुर्सानी उत्पादनमा लगानीदेखि खरिद गर्ने ग्यारेन्टीसमेत भएपछि किसानहरु खुर्सानी खेतीमा आकर्षित भएका छन् । किसानको आर्थिक उपार्जनमा पनि करेन्ट चाउचाउले थोरवहुत सहयोग पुर्याईरहेको वताईन्छ।

तर, खोर्सानीको विषयलाई लिएर सामाजिक सञ्जालमा कतिपयले गलत र भ्रामक अफवाह फैलाई रहेको भन्दै यशोदा फुड्सले चिन्ता ब्यक्त गरेको छ। अन्य उत्पादनभन्दा गुणस्तरीय सामान उपलब्ध गराउँदा पनि स्वास्थ्यका लागि हानीकारक भन्दा प्रचार गरिएको प्रति कम्पनीले आपत्ति जनाएको छ।
 

विशेष