News

श्रीमतीलाई वञ्चरो हानेर भागेका माईलाको कस्ले गर्यो हत्या ?

श्रीमतीलाई वञ्चरो हानेर भागेका माईलाको कस्ले गर्यो हत्या ?

श्रीमतीको टाउकोमा बन्चरोले हानेर भागेका नुवाकोटको ककनी गाउँपालिका–२ चित्रेका ३९ वर्षीय काले भन्ने माइला तामाङको शव फेला परेको छ।

मंगलबार वडा नम्बर १, नयाँ बस्तीस्थित चाउथे जाने भित्री सडकमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। तामाङले सोमवार दिउँसो करिव साढे ३ बजे आफ्नी श्रीमती निरमायाँ तामाङको हत्या गर्ने प्रयास गरेका थिए। 

घरायसी विवादका कारण झगडा भएपछि बञ्चरोले निरमायाको टाउकोमा प्रहार गरी माईला भागेका थिए। घाइते भएकी निरमायाको काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ। 

यता फरार भएका माइला तामाङको प्रहरीले खोजी गरिरहेको थियो। त्यहीक्रममा मंगलबार उनको शव फेला परेको डिएसपी रूपक खड्काले जानकारी दिए। माइलालाई पनि कसैले कुटपिट गरेर हत्या गरेको आशंका प्रहरीले गरेको छ। प्रहरीले शंकास्पद दुई जनालाई पक्राउ गरेको छ। 
 

विशेष