News

माओवादीबाट को–को थपिँदैछन मन्त्री ?

माओवादीबाट को–को थपिँदैछन मन्त्री ?

पुष्पकमल दाहाल नेतृत्वको सरकारमा माओवादीबाट मन्त्री वन्ने सम्भावित नेताहरुको वारेमा छलफल हुन थालेको छ। प्रधानमन्त्री दाहालले आफु निकटका नेताहरुसँग मन्त्रीका विषयमा छलफल गरिरहेका छन् ।

गठबन्धनमा माओवादीले ५ मन्त्रालय पाउने सम्भावना छ। तर, मन्त्रालयको टुङ्गो भने लागेको छैन । यसअघि उप–प्रधानमन्त्रीका रुपमा नारायणकाजी श्रेष्ठ सरकारमा सहभागी छन् ।

यसपटक जनार्दन शर्मा र वर्षमान पुन सरकारमा जाने सम्भावना न्यून रहेको नेताहरु बताउँछन् । देउवा नेतृत्वको सरकारमा अर्थमन्त्री भएका शर्माको कार्यकाल विवादित बनेको थियो । यता, गृहमा दावी गरेका वर्षमान भने गृह माओवादीको भागमा नपरेपछि सरकारमा नजाने भएका छन्।

यस पटक शक्ति बस्नेत, रेखा शर्मा, अमनलाल मोदी, महेन्द्रराय यादव , माधव सापकोटा, हितबहादुर तामाङ र सुदन किराती मन्त्री बन्ने सम्भावना छ । यसैगरी, रुपा चौधरीले राज्यमन्त्री पाउने सम्भावना रहेको नेताहरु बताउँछन् । 

परराष्ट्र मन्त्रालयमा माओवादीका शक्ति बस्नेतको दाबी  छ । बस्नेत, यादव, तामाङ र रेखा शर्मा यसअघि पनि मन्त्री भइसकेका अनुहार हुन् ।

विशेष