News

रेशम चौधरीको धम्कीः लिखित प्रतिवद्धता नआए गठबन्धन छोड्ने

रेशम चौधरीको धम्कीः लिखित प्रतिवद्धता नआए गठबन्धन छोड्ने

सुदूरपपिश्चम प्रदेश सरकार गठनमा निर्णायक शक्ति नागरिक उन्मुक्ति पार्टीले सत्ता साझेदार गठबन्धनसँग रेशम चौधरीको रिहाईका लागि लिखित प्रतिबद्धता मागेको छ । २ वजेभित्र लिखित प्रतिवद्धता नआए अर्को गठबन्धनलाई समर्थन गर्ने चेतावनी समेत दिईएको छ।

प्रदेश सरकारको गठनको विषयमा नागरिक उन्मुक्ति पार्टीको वैठक डिल्लीबजारमा वसेको थियो। वैठक स्थलबाटै प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग टेलिफोन वार्ता समेत भएको जनाईएको छ।

नागरिक उन्मुक्तिले स्पष्ट निर्णय नदिँदा सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दाबी पेश र सभामुखको मनोनयन दर्ता अन्योलग्रस्त बनेको छ । सुदूरपश्चिम सरकार गठनका लागि नागरिक उन्मुक्तिका ७ सांसद निर्णायक छन् ।

सुदूरपश्चिमसहित लुम्बिनीमा पनि रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टीको उपस्थिति छ । यतिबेला सबैको ध्यान डिल्लीबजार केन्द्रित रहेको बताइएको छ । 
 

विशेष