News

बाबुरामले बालेन्द्रलाई किन भने ‘घुम्ने मेचमाथिको अन्धो मान्छे’ ?

बाबुरामले बालेन्द्रलाई किन भने ‘घुम्ने मेचमाथिको अन्धो मान्छे’ ?

नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराईले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई ‘घुम्ने मेचमाथिको अन्धो मान्छे’ को संज्ञा दिएका छन्। उनले सामाजिक सञ्जालमा कटाक्ष गर्दै मेयर बालेन्द्रलाई यस्तो संज्ञा दिएका हुन।

‘सहरको अर्थ–राजनीति, काठमाडौंको आत्मा, गरिबीको अर्थतन्त्र, नयाँ र पुराना शासकहरूको सनक, सम्भावित सहरी विद्रोह हुन्छ,’ उनले फेसबुकमामा लेखेका छन्,  ‘घुम्ने मेचमाथि अन्धा मान्छेहरूले बेलैमा सोचुन्। नत्र आधी आउँछ–आउँछ।’

काठमाडौं महानगरले केही दिनअघि मात्रै फुटपाथ व्यापार हटाउन पुनः सूचना जारी गरेको थियो। यसअघि टुकुचाको विषय चर्चामा थियो। पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले महानगरको उक्त कदममाथि यस्तो टिप्पणी गरेका हुन्।

मेयर बालेनले विनातयारी सुकुम्बासी हटाउनेदेखि साना व्यापारीहरूलाई सडकबाट हटाउने अभियानले आलोचना खेप्दै आएका छन्।
 

विशेष