News

विश्वासको मत बारे शेखर कोईरालाको खुलासा– राष्ट्रपतिको चुनाव हेरेका हौं

विश्वासको मत बारे शेखर कोईरालाको खुलासा– राष्ट्रपतिको चुनाव हेरेका हौं

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिनुको कारणबारे खुलासा गरेका छन्। उनले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलाई हेरेर दाहाललाई विश्वासको मत दिएको बताए।

बिहीबार विराटनगरमा पत्रकारहरुसाग कुरा गर्दै उनले निर्वाचन अझै बाँकी रहेको र ती निर्वाचनलाई हेरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिएको बताए । ‘अरु निर्वाचनहरु पनि बाँकी छ । ती निर्वाचनमा हामीहरु उम्मेदवार दिन्छौं’ उनले भने, ‘राष्ट्रपतिको निर्वाचन, उपराष्ट्रपतिको निर्वाचनमा प्रदेशका सांसदले पनि भोट हाल्नुहुन्छ, यो सबैलाई विचार गरेर हामीले भोट हालेका हौं ।’

नेता कोइरालाले ती निर्वाचनमा माओवादीले कांग्रेसका उम्मेदवारलाई साथ दिने ग्यारेन्टी नभएको, तर पार्टीले मतको आशा भने गर्न पाउने बताए । आफूहरु प्रतिपक्षमा नै बस्ने र सरकारको गुण र दोषका आधारमा भूमिका खेल्ने नेता कोइरालाको भनाई छ। 
 

विशेष