News

मन्त्रालयको भागबन्डा आजै टुंगो लगाईने, ३ वजेलाई बोलाईयो सर्वदलिय वैठक

मन्त्रालयको भागबन्डा आजै टुंगो लगाईने, ३ वजेलाई बोलाईयो सर्वदलिय वैठक

सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठक आज दिउँसो ३ बजेका लागि बोलाईएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बस्ने बैठकमा मन्त्रिपरिषद् विस्तार, मन्त्रालयको भागबन्डा, सभामुखको निर्वाचनलगायत विषयमा छलफल हुनेछ ।

बैठकबाट मन्त्रालयको भागबन्डा टुंगो लगाएर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ । मन्त्रालयको भागबन्डा नटुंगिँदा प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन् । प्रधानमन्त्री दाहालले शपथ लिएकै दिन मन्त्री बनेका चारजनाको पनि मन्त्रालय तोकिएको छैन । उनीहरुलाई भने आज ११ बजे बस्ने मन्त्रिपरिषद् बैठकले जिम्मेवारी तोक्ने तयारी छ। 

यस्तै राप्रपा, जसपा र अन्य दलहरु पनि सरकारमा सहभागी भएका छैनन्। संविधान अनुसार २५ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने प्रावधान छ। आजको बैठकमा सरकारलाई समर्थन गरेका दलहरुको सरकारमा सहभागिताबारे पनि छलफल हुनेछ।  गठबन्धनभित्र सहमति जुटेपछि भागबन्डा गरेर मन्त्रिमण्डल विस्तार गरिनेछ । गठबन्धनमा सात दल आबद्ध छन् ।

मन्त्रालयको भागबन्डा टुंग्याउनेलगायत विषयमा बुधबार साँझ प्रधानमन्त्री दाहाल र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो । दुई नेताबीच ओलीनिवास बालकोटमा भएको भेटवार्तापछि गठबन्धनका शीर्ष नेताको बैठक बोलाइएको हो । बैठकमा सहमति जुटे एक÷दुई दिनमै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ ।

पुस १० गते तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त भएका हुन् दाहालले पुस ११ गते आठ सदस्यीय मन्त्रिपरिषद् गठनसँगै पद तथा गोपनीयताको शपथ लिएका थिए । उनले पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत पाइसकेका छन् ।
 

विशेष