News

चौथो दल बन्न बार्ता गर्दै माधव नेपाल र उपेन्द्र यादव, यसरी हुँदैछ एकता

चौथो दल बन्न बार्ता गर्दै माधव नेपाल र उपेन्द्र यादव, यसरी हुँदैछ एकता

नेकपा एमालेबाट अलग भएर माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भएको नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपा नेपालबीच एकता प्रकृया सुरु भएको छ।

एकताका लागि गठित दुई पक्षको कार्यदलबीच छलफल हुन लागेको छ। नेकपा एकीकृत समाजवादीले महासचिव वेदुराम भुसालसहित नेताहरु डा. विजय पौडेल, गंगालाल तुलाधर र प्रकाश ज्वाला रहेको कार्यदल बनाएको छ भने जसपाले पनि नेताहरू राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ र गोविन्द चौधरी रहेको कार्यदल बनाएको छ ।

गत मंसिर ४ मा भएको निर्वाचनमा एकीकृत समाजवादीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १० सिट जिते पनि थ्रेसहोल्ड कटाउन नसक्दा राष्ट्रिय पार्टी बन्न सकेको छैन। उपेन्द्र यादव नेतृत्वको जसपाका १२ सांसद छन् । सो पार्टीले प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ ५ सिट जितेको थियो ।

एकीकृत समाजवादी र जसपाबीच पार्टी एकता भए सो पार्टीका २२ सांसद पुग्नेछन् । उक्त पार्टी संसदमा चौथो ठूलो दल बन्ने छ । हाल २० सिटसहित राष्ट्रिय स्वतन्त्र पार्टी चौथो दल छ । 
 

विशेष