News

संसदको रोष्टमबाटै निर्वाचन आयोगलाई चित्रबहादुरको चुनौती

संसदको रोष्टमबाटै निर्वाचन आयोगलाई चित्रबहादुरको चुनौती

चुनावमा धेरै पैसा हुन थालेको विषयमा सवैलाई स्पष्टिकरण सोध्दै आएको निर्वाचन आयोगलाई राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधि सभाको रोष्ट्रमबाटै चुनौती दिएका छन् । उनले रोष्ट्रममा उभिएर बोराका बोरा पैसा खर्च गरेर चुनाव लड्ने गरिएको वताए ।

मंगलवार प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने÷नदिने विषयमा आफनो पार्टीको धारणा राख्ने क्रममा उनले चुनावमा बोराका वोरा पैसा खर्च हुने गरेको वताए । पहिला–पहिला थोरै खर्चले पनि चुनाव लड्न पुग्ने गरेको तर, अहिले भने बोरामा पैसा हालेर खर्च गर्ने गरिएको भन्दै उनले आपत्ति जनाए।

राजनीतिक दल र सांसदहरु सत्ता पक्ष बन्न किन लालायिक भईरहेका छन भन्ने विषयलाई प्रष्ट्याउने क्रममा उनले भने–‘पैली, पैली चुनावमा जाँदाखेरी पैसा चै खल्तीमा राखेर अथवा झोलामा राखेर जान्थ्यौ, हामी, चुनाव प्रचार गर्न। पैसा त आवश्यक चाहियो। अहिले त वोरामा भरी पैसा बोकेर जान्छन् चुनावमा।’

‘सवैलाई अनुभव छ नी यो त होईन ? यस्तो चुनाव प्रणालीबाट आएकाले, बोरामा पैसा लगेर खर्च गरेर चुनाव जितेर आएकाले सरकारमा नगईकन, सभामा नवसीकन, देशको प्राकृतिक साधन श्रोत दोहन नगरिकन त्यो चुनावमा उडाएको खर्च उठ्छ ?’ उनले थपे।

उनको यो अभिब्यक्तिका विषयमा आयोगले भने अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन। तर, यसअघि भने आयोगले धेरै नेताहरुलाई यस विषयमा स्पष्टिकरण सोधेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका नेता शशांक कोईराला, स्वतन्त्र सांसद दिपक मनाङेलाई आयोगले स्पष्टिकरण सोधेको थियो।

दाहालले एक सार्वजनिक कार्यक्रममा ‘सांसद बन्न करोडौं रुपैयाँ खर्च हुने’ अभिव्यक्ति दिएका थिए। ‘करोडौं खर्च गरेर किन सांसद हुन्छन् भने सांसद नभई मन्त्री हुन पाउँदैनन्। सांसद नभई प्रधानमन्त्री हुन पाइँदैन। मन्त्री र प्रधानमन्त्री हुन करोडौं खर्च गर्नुपर्यो’ उनले भनेका थिए–‘सांसद भइसकेपछि मन्त्री हुन अनेक खेल खेल्नुपर्यो। मन्त्री भइसकेपछि लगानी उठाउनुपर्यो। भ्रष्टाचार यही प्रणालीभित्र छ।’ अध्यक्ष दाहालले गाउँपालिकाको अध्यक्ष जित्नकै लागि १० करोडसम्म खर्च हुने गरेको आफुलाई जानकारी आएको दावी गरेका थिए । 

यसैगरी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य शशांक कोइरालाले पनि एक कार्यक्रमलाई सम्वोधन गर्दै ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा आफूले ६ करोड खर्च गरेर निर्वाचन जितेको अभिव्यक्ति दिएका थिए।

यस्तै, मनाङ प्रदेश सभा ‘ख’ बाट निर्विरोध निर्वाचित भएका राजीव गुरुङ (दीपक मनाङे) ले निर्वाचन आयोगले निर्धारण गरेको चुनाव खर्च थोरै भएको भन्दै आलोचना गर्दा ‘मनोनयन दर्ता गर्न जाँदा १५ लाखको रक्सि खान्छन’ भन्दै प्रतिक्रिया दिएका थिए। 

गुरुङले निर्वाचन खर्चबारे ‘जुन अहिले निर्वाचन आयोगले ३३ लाख, ३० लाखभन्दा बढी खर्च गर्नु हुँदैन भनेको छ, ३० लाखमा नेपालमा चुनाव जित्छ यार! मनाङमा एक दिन नोमिनेसन गर्न जाँदा १५ लाखको त रक्सी खाइदिन्छ’ भनी दिएको अभिव्यक्तिको श्रव्यदृश्य सामग्री आएकाले स्पष्टीकरण सोधिएको आयोगले जनाएको थियो। आयोगले उनलाई २५ लाख रुपैयाँ जरिवाना समेत तोकेको थियो।

यता, आयोगले हरेक निर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्चको सिमा तोक्छ। तर, नत खर्चको हिसाव रोख्छ, नत खर्चको मापन गर्ने संयन्त्र नै छ। त्यसैले उम्मेदवारले आयोगले तोकेको सिमाभन्दा कयौं गुणा वढि खर्च गर्छन। यसको वारेमा अनुसन्धान र हिसावकिताव भने हुदैन। 

विशेष