News

‘ज्वाई मन्त्री’ बन्ने भएपछि प्रदेश १ मा मन्त्री मण्डल विस्तारको तयारी

‘ज्वाई मन्त्री’ बन्ने भएपछि प्रदेश १ मा मन्त्री मण्डल विस्तारको तयारी

प्रदेश १ सरकारको मन्त्रिमण्डल माओवादी समावेश हुने भएको छ। ज्वाई आतंकका कारण सरकारमा क–कसलाई पठाउने भन्ने विषयमा विवाद हुन मन्त्रिमण्डलको विस्तार अड्किएको थियो।

माओवादीले मन्त्रीको नाम फाईनल गरेसँगै मन्त्रिमण्डल विस्तारको तयारी थालिएको जनाईएको छ। माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहालका ज्वाई जीवन आर्चाय र दुर्गा चापागाईंलाई मन्त्रिमण्डलमा पठाउने तयारी गरिएको छ। 

त्यस्तै, एमालेबाट बुद्धिकुमार राज भण्डारी सरकारमा सहभागी हुने बताइएको छ। नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेको माओवादीले आधा–आधा कार्यकाल आलोपालो सहमति नभएको भएको भन्दै सरकारमा जान मानेको थिएन। त्यसपछि दाहालका ज्वाईले जसरी पनि मन्त्री बन्ने अडान लिएपछि समस्या वढ्दै गएको थियो। 

प्रदेश सभा सदस्य गणेश उप्रेती पनि मन्त्री हुने दौडमा थिए। आचार्य मन्त्री हुनेभएपछि उनको नाम छाँटिएको छ। आचार्यले पार्टी केन्द्र र अध्यक्ष दाहालकोसमेत सहानुभूति लिन सफल भएपछि माओवादीमा लामो योगदान दिएका उप्रेतीलाई समस्या भएको थियो। 

अन्ततः उप्रेतीलाई पछि पार्दै आचार्य मन्त्री हुने पक्का भएको छ। पार्टीमा लामो योगदान नभए पनि आचार्य दाहाल परिवारकै भएका कारण मन्त्री हुन लागेको भन्दै माओवादीमा चर्को विवाद भएको थियो। 

त्यहीकारण मुख्यमन्त्री कार्कीले गत सोमबार सानो आकारको मन्त्रिमण्डल गठन गरेका थिए। त्यसबेला कार्कीले एमालेका तिलकुमार नेम्वाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका भक्ति प्रसाद सिटौला र जनता समाजवादी पार्टीकी सांसद निर्मला लिम्बूलाई मन्त्री बनाएका थिए। 
 

विशेष