News

आङकाजीले थुके रवि लामिछानेलाई, जलाए पुतला !

आङकाजीले थुके रवि लामिछानेलाई, जलाए पुतला !

आदिवासी जनजाति महासंघका पूर्व महासचिव आङकाजी शेर्पाले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई थुकेका छन्। शेर्पाले लामिछानेलाई थुकेको भिडियो अहिले टिकटकमा भाईरल भईरहेको छ।

शेर्पाले संघीयता विरोधी भन्दै लामिछानेलाई थुकेका हुन। भिडियोमा रवि लामिछानेको फोटो बोकेर वसेका शेर्पाले लामिछाने जस्ता आलाकाँचा ब्यक्तिका कारण संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र धरापमा पर्ने भन्दै उनको फोटोमा थुकेका छन्। त्यसपछि उनले लामिछानेको फोटो समेत जलाएका छन्।

यस क्रममा उनले भनेका छन्–‘७७ जिल्लामा गणतन्त्रवादी मोर्चा, धर्मनिरपेक्षता मोर्चा, संघीयता मोर्चा गठन गर्नुपर्छ। होईन भने यस्ता आलोकाँचो मानिसहरुले गर्दा संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र तथा १७ हजारको वलिदानीलाई धारासायी वनाउँछ।’

शेर्पा आफनो अभिब्यक्तिका कारण पटक–पटक विवादमा पर्दै आएका छन् । यस अघि उनलाई साईवर क्राईमको आरोपमा प्रहरीले पक्राउ समेत गरेको थियो। ०७८ भदौ १६ गते बौद्धबाट पक्राउ परेका शेर्पा भदौ २८ गते जिल्ला अदालत काठमाडौंको आदेशले २० हजार धरौटीमा रिहा भएका थिए।
 

विशेष