News

अख्तियारकै आयुक्त भ्रष्टाचारी ठहर भएपछि...

अख्तियारकै आयुक्त भ्रष्टाचारी ठहर भएपछि...

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक भ्रष्टाचारी ठहरिएका छन्। विशेष अदालतले बिहीबार एक फैसला सुनाउँदै पाठकलाई भ्रष्टाचारी ठहर गरी तीन वर्ष तीन महिना कैद सजाय सुनाएको छ। 

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा न्यायाधीशहरू यमुना भट्टराई र बलभद्र बाँस्तोलाको इजलासले दोषी उनलाई दोशी ठहर गरेको हो। पाठकलाई ३९ लाख जरिवानाको फैसला पनि भएको छ। 

पाठकमाथि अख्तियारको सदस्य रहँदा भक्तपुरको दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेजको जग्गा विवाद मिलाउन ७८ लाख रुपैयाँ घुस लिएको आरोप तीन वर्ष १० महिनाअघि लागेको थियो।

पाठकको घूस प्रकरण वाहिरिएपछि उनलाई निलम्बन गरेर अख्तियारले छानबिन अघि बढाएको थियो। अख्तियारले उनी पदमा रहँदै मुद्दा अघि बढाएको थियो। भ्रष्टाचार निवारणको जिम्मेवारी पाएको अख्तियामा रहँदा नै मुद्दा चलाइएकाले उनलाई थप तीन महिना कैद सजाय भएको हो।

पाठकलाई घूस दिने काममा संलग्न कलेजका पूर्व अध्यक्ष लम्बोदर न्यौपानेलाई पनि विशेष अदालतले ३ वर्ष जेल सजाय र ३९ लाख जरिवाना तोकेको छ। 
 

विशेष