News

माओवादीबाट यि तीन जना हुँदैछन मन्त्री

माओवादीबाट यि तीन जना हुँदैछन मन्त्री

नेकपा माओवादी केन्द्रले रेखा शर्मा, सुदन किराती र महिन्द्र राय यादवलाई मन्त्री बनाउने भएको छ। अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीका नेताहरुसँगको छलफलपछि यी तीन जनालाई मन्त्री बनाउने तयारी गरेका हुन।

माओवादी केन्द्रबाट मन्त्रिपरिषदमा ५ जना रहने समझदारी छ । जसमा माओवादी केन्द्रबाट अध्यक्ष दाहाल प्रधानमन्त्री र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बनिसकेका छन् । अब माओवादीबाट ३ जनामात्र मन्त्रिपरिषदमा सहभागी हुन पाउँछन् ।

तर, पूर्वसभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकबाट निर्वाचित सांसद माधव सापकोटालाई मन्त्री बनाउन दबाव दिएका छन् । उनले आफुलाई उपराष्ट्रपति वा माधव सापकोटालाई मन्त्री बनाउनुपर्ने सर्त राखेका छन् ।

उनले मन्हिन्द्रको ठाउँमा माधवलाई मन्त्री बनाउन दबाबव दिइरहेको ती नेताको दावी छ । महिन्द्र नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष हुन् । माओवादी केन्द्र र नेसपाले आम चुनावमा संयुक्त चुनाव चिह्नमा निर्वाचन लडेका थिए । यादवलाई मन्त्री बनाउन नेपाल समाजवादी पार्टीका अर्का अध्यक्ष डा. बाबुराम भट्टराईले दबाव दिइरहेका छन् ।

यता, एमालेले १० मन्त्रालय र नागरिक उन्मुक्ति पार्टीले २ वटा मन्त्रालयमा दावी गरेका छन्। नागरिक उन्मुक्ति पार्टीलाई २ मन्त्रालय दिएर एमालेले ९ वटा मन्त्रालय लिने गरी समझदारीको प्रयास भइरहेको जनाईएको छ।

रास्वपाले एक राज्यमन्त्रीसहित ४, राप्रपाले ३, जसपाले २ वटा मन्त्रालय लिने विषयमा सत्ता साझेदार दलहरुका बीचमा समझदारी भएको छ ।

विशेष