News

दाजुले वुझाए सन्दीपको २० लाख धरौटी

दाजुले वुझाए सन्दीपको २० लाख धरौटी

उच्च अदालतको आदेशमा ५ सर्तसहित २० लाख धरौटीमा रिहा हुन लागेका सन्दीप लामिछानेको धरौटी रकम उनका दाजुले वुझाएका छन् । सन्दीपका दाजु मोहन लामिछाने शुक्रबार बिहान २० लाख रुपैयाँ लिएर जिल्ला अदालत काठमाडौं पुगेका थिए।

धरौटी जम्मा गरेसँगै सन्दीप आजै छुट्ने निश्चित भएको छ। अब अदालतले केन्द्रीय कारागार सुनधरामा सन्दीपलाई रिहा गर्न पत्र पठाउने छ। त्यसपछि सन्दीपलाई तारिख बुझ्नका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइनेछ। 

स्वास्थ्य परीक्षण पछि सन्दीप रिहा हुनेछन्। बालिकिा बलात्कारको आरोपमा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई कात्तिक १८ पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। तर सन्दीप त्यो आदेश खारेज गर्न माग गर्दै उच्च अदालतमा गएका थिए। 

उच्च अदालतका न्यायाधीश ध्रुवराज भट्टराई र रमेश ढकालको इजलासले जिल्ला अदालतको आदेश बदर गर्दै २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न बिहीबार आदेश दिएको थियो। सन्दीपलाई गत भदौ ६ गते एक बालिका बलात्कार आरोप लागेको छ। 

कात्तिक १४ गते अदालतमा मुद्दा दर्ता भएको थियो भने असोज २० गते विमानस्थलबाट उनलाई प्रहरीले पक्राउ गरेको थियो। 

विशेष