News

बालेन्द्र साहलाई खतरा, प्रशासनसँग मागे पिएसओ

बालेन्द्र साहलाई खतरा, प्रशासनसँग मागे पिएसओ

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले प्रशासनसँग व्यक्तिगत सुरक्षाकर्मी (पिएसओ) माग गरेका छन्। आफूमाथि सुरक्षा खतरा बढेको बन्दै उनले पिएसओ माग गरेका हुन।

बालेन्द्रले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका छन्। काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले साहले सुरक्षाकर्मी मागेको जानकारी दिए । ‘उहाँले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुभएको थियो’ उनले भने–‘हामीले त्यस निवेदनलाई गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखामा पठाएका छौं।’

शान्ति सुरक्षा महाशाखाले निवेदन उपर जाँचबुझ गरी आवश्यक ठहर भएमा सुरक्षाकर्मी पठाउने उपाध्यायको भनाइ छ। महानगरका मेयरको सुरक्षामा नगर प्रहरी खटिएका हुन्छन्। प्रशासनले उनीमाथि सुरक्षा चुनौती रहेको ठानेमा नेपाल प्रहरीका सुरक्षाकर्मी पठाउनेछ।
 

विशेष