News समाज

बालेन्द्रको इज्जत उतार्दै ‘भौतिक पूर्वाधार एम्बुलेन्स’: एउटा विग्रियो, एउटा थन्कियो

बालेन्द्रको इज्जत उतार्दै ‘भौतिक पूर्वाधार एम्बुलेन्स’: एउटा विग्रियो, एउटा थन्कियो

काठमाण्डौँ महानगरपालिकामा बालेन्द्र साह मेयर निर्वाचित भएपछि भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालनमा ल्याएका थिए। ट्राफिक जाम र सडक दुर्घटना कम गर्ने भन्दै असार पहिलो सातादेखि उक्त एम्बुलेन्स सञ्चालनमा आएपछि बालेन्द्रको निकै चर्चा भयो।

तर, अहिले ६ महिनादेखी ति एम्वुलेन्स प्रयोगविहीनजस्तै भएपछि बालेन्द्रको आलोचना सुरु भएको छ। सञ्चालनको सुरुआती चरणमा गुनासो आउने र सोहीअनुरुप समाधान हुने गरेपनि अहिले चार–पाँच दिनमा मुस्किलले एउटा गुनासो आउने गरेको छ।

गुनासो नै आउन छोडेपछि एम्वुलेन्स पनि प्रयोग विहिन भएको महानगरको भौतिक पूर्वाधार विभागले जनाएको छ। नागरिकले महानगरको टोल फ्रि नम्बरमा फोन गरेर खाल्डो पुर्न गुनासो गर्न छोडेपछि एम्वुलेन्स पनि प्रयोगविहिन भएको विभाग प्रमुख राम थापाले जानकारी दिए ।

महानगरले वातावरण विभागको दुई वटा गाडीलाई मर्मत गरेर भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालन गरेको हो । अहिले दुईमध्ये एक बिग्रिएको छ भने अर्को एउटाले पनि काम पाउन सकेको छैन । 

विशेष गरी महानगर क्षेत्रभित्रबाट सडकको खाल्डो पुर्न आएको गुनासोको तत्काल सम्बोधन गर्न उक्त एम्बुलेन्स प्रयोग ल्याइएको थियो । 
 

विशेष