News

वर्षमान पुनलाई हेलिकप्टरबाट उद्दार गरियो, सुमेरु अस्पताल भर्ना

वर्षमान पुनलाई हेलिकप्टरबाट उद्दार गरियो, सुमेरु अस्पताल भर्ना

स्वास्थ्यमा गम्भिर समस्या देखिएपछि पूर्वअर्थमन्त्री एवम् नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको अस्पताल भर्ना भएका छन् ।

रोल्पा समृद्ध फाउन्डेसनको कार्यक्रममा गृह जिल्ला रोल्पा पुगेका पुनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि हेलिकप्टरमा काठमाडौं ल्याइएको छ । उनलाई ललितपुरको सुमेरु अस्पताल भर्ना गरिएको छ । 

शुक्रबार रोल्पाको होलेरीमा न्यानो कपडा वितरण कार्यक्रममा सहभागी भएका पुन शनिबार लुंग्री गाउँपालिकामा आयोजित विपन्न परिवारलाई ब्ल्याङ्केट वितरण कार्यक्रममा भने सहभागी हुन सकेनन्।

जन्डिस रोगबाट पीडित पुनको स्वास्थ्य अवस्थामा गम्भीर समस्या देखिएपछि उक्त कार्यक्रममा सहभागी नभइ अस्पताल भर्ना भएका हुन् । पुनलाई वंशाणुतग रूपमा रहेको जन्डिसले फेरि सताएको जनाईएको छ।

उनी केही समयअघि मात्र चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गराएर पर्किएका थिए। यसअघि ०७८ मंसिरमा पनि उनको सोही अस्पतालमा एक महिना उपचार गर्दा रोग निको भएको थियो। 
 

विशेष