News

ओलीलाई प्रचण्डको झड्काः राष्ट्रपति पदका विषयमा कांग्रेससँग पनि छलफल हुन्छ

ओलीलाई प्रचण्डको झड्काः राष्ट्रपति पदका विषयमा कांग्रेससँग पनि छलफल हुन्छ

राष्ट्रपति निर्वाचनमा माओवादीले धोका दिने आशंकामा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले अर्को झड्का दिएका छन्।

दाहालले राष्ट्रपति, सभामुखलगायतका पदका विषयमा नेपाली कांग्रेससँग पनि छलफल हुने बताए। शनिबार सरकारी निवास बालुवाटारमा सञ्चारमाध्यमका सम्पादकहरुसँगको कुराकानीमा उनले सोमबार राष्ट्रपति, सभामुखलगायतका पदका विषयमा छलफल गर्न प्रतिनिधिसभामा रहेका राजनीतिक दलहरुको सर्वदलीय बैठक बोलाइएको जानकारी दिए ।

ांग्रेसले विश्वासको मत दिएपछि राष्ट्रपति, सभामुखलगायतका पदमा के गर्ने भनेर ऊसँग पनि छलफल गर्नुपर्ने आफ्नो दायित्व भएको दाहालको भनाई छ।
 

विशेष