News विदेश

खर्च धान्न नसकेपछि सेनामा ब्यापक कटौती गर्दै श्रीलंका

खर्च धान्न नसकेपछि सेनामा ब्यापक कटौती गर्दै श्रीलंका

श्रीलंकाले आफ्नो सेनामा ब्यापक कटौती गर्ने भएको छ। सेनाको संख्या अर्को वर्ष १ लाख ३५ हजार र २०३० सम्ममा १ लाख  पु¥याउने लक्ष्य राखिएको छ।

सात दशकभन्दा बढीमा सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको देशले लागत कटौती गर्ने प्रयासरुवरुप सेनामा कटौती गर्न लागेको रक्षामन्त्रीले जानकारी दिएका छन्।

‘सैन्य खर्च मूलतया राज्य द्वारा जनित खर्च हो जसले अप्रत्यक्ष रूपमा राष्ट्रिय र मानव सुरक्षा सुनिश्चित गरी आर्थिक वृद्धिको लागि बाटो खोल्छ’,  प्रेमिथा बन्दरा थेनाकुनले एक विज्ञप्तिमा भनेका छन्।

दुई करोड २० लाख जनसंख्या भएको टापु देशले खाद्यान्न र इन्धनको अभाव झेलिरहेको छ। राष्ट्रपति रानिल विक्रमासिंगेल अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को सम्भावित कर्जा जमानत पारित गर्न कर वृद्धि गर्नुका साथै खर्चमा व्यापक कटौती गरेका छन्।
 

विशेष