News

सिइओका लागि रवि लामिछानेले निकाले भ्रमपूर्ण विज्ञापन !

सिइओका लागि रवि लामिछानेले निकाले भ्रमपूर्ण विज्ञापन !

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले केही दिन अघि प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदका लागि दरखास्त आह्वान गरे। चितवन– २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भई उपप्रधान एवम् गृहमन्त्री भईसकेका लामिछानेले चितवनस्थित पार्टी कार्यालयमा काम गर्न लागि सिइओ भर्ना गर्न लागेका हुन् ।

आफूजस्तै विदेशबाट फर्किएकाका लागि अवसर भएको भन्दै लामिछानेले विकास, सुशासन, व्यवस्थापन लगायतका कार्यभार सम्हाल्न सक्नेलाई आकर्षक तलब सुविधा सहित आफैं एयरपोर्टमा लिन आउन तयार भएको बताएका छन् । यसका लागि आफ्नो बायोडाटा (सिभी) उपलब्ध गराउन लामिछानेले अनुरोध गरेका छन् ।

तर, उनको यो विज्ञापनमा धेरैले विश्वास गर्न सकेका छैनन्। उनले भ्रमपूर्ण विज्ञापन गरेको कतिपयको आरोप छ। लामिछाने माथि यो आरोप लाग्नुको प्रमुख कारण भनेको उनले ०७६ मंसिर २६ गते न्युज २४ टेलिभिजनमा छँदै घोषणा गरेको कार्यक्रम –‘द लिडर’ हो।

देशमा नेतृत्व गर्न सक्ने सक्षम व्यक्तिको खोजी गर्ने भन्दै उद्घोष गरिएको उक्त कार्यक्रमका लागि देशका विभिन्न ठाउँमा अडिसन हुने बताईएको थियो। कार्यक्रमको निर्णायकका रुपमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्व प्रधान्यायाधीश सुशीला कार्की, रवीन्द्र मिश्र, प्रदीप गिरि र प्रदीप नेपालको नाम प्रचार गरियो।

कार्यक्रमका विजेताले काठमाडौँमा एक सुविधा सम्पन्न अपार्टमेन्ट, कार, २० लाख नगद र राजनीतिमा नेतृत्व लिने अवसर पाउने बताईयो। जसका लागि १ हजार रुपैयाँ दर्ता शुल्क राखियो। जानकारी अनुसार ३० हजारभन्दा बढी मानिसले हजार रूपैयाँ तिरेर रजिस्ट्रेसन गर्दा करिव तीन करोडभन्दा बढी रकम उठाएको देखिन्छ।

तर, उक्त कार्यक्रम लामिछानेले अहिलेसम्म गर्न सकेका छैनन्। उनले एकातर्फ वेरोजगार युवालाई नेता वनाउने भन्दै भ्रम छरेको र अर्कोतर्फ उनीहरुबाट करोडौं रुपैयाँ उठाएर निब्र्याजी पैसा चलाएको आरोप छ।

श्रोतका अनुसार लामिछानेले अहिलेसम्म पनि उक्त पैसा पूर्ण रुपमा फिर्ता गरेका छैनन् । कार्यक्रम उत्पादक एसआरबिएन मिडियाका प्रमुख कार्यकारी विपिनकुमार आचार्य पनि लामिछानेको टिममै थिए। लामिछाने ग्यालेक्सी फोरकेमा गएपछि उनी पनि त्यहीँ गएका थिए। लामिछानेले भने आफू कार्यक्रम सञ्चालक मात्र भएकाले कति जनाले रजिस्ट्रेसन गरे, तीमध्ये कतिको पैसा फिर्ता भयो र कतिको अझै बाँकी छ भन्ने ठ्याक्कै तथ्यांक नभएको वताउँदै आएका छन् ।

उनको यही प्रकरणले अहिले सिईओ भर्नाको विज्ञापनलाई समेत मानिसले विश्वास गर्न सकेका छैनन्। कसैले वायोडाटा पठाए÷नपठाएको वा कोही सिईओका लागि तयार भए÷नभएको विषयमा उनले कुनै जानकारी गराएका छैनन्।

यो पनि,

रवि लामिछाने द लिडर

विशेष