जंगली हात्तीको आक्रमणमा परी श्रीमतीको मृत्यु, श्रीमान घाईते
![जंगली हात्तीको आक्रमणमा परी श्रीमतीको मृत्यु, श्रीमान घाईते](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2021/03/elephant.jpg)
झापाको शिवसताक्षी नगरपालिका–११ को बच्चाबगरमा जंगली हात्तीको आक्रमणमा परि एक महिलाको मृत्यु भएको छ। उनका श्रीमान घाईते छन् ।
गए राति करिब २ बजे हात्तीको आक्रमणमा परी स्थानीय कृष्णमाया भण्डारीको मृत्यु भएको हो। हात्तीले घर भत्काउन थालेपछि उनी बाहिर निस्किएकी थिइन्। त्यही क्रममा हात्तीले आक्रमण गरेर घाइते बनाएको थियो।
घाइते कृष्णमायाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। हात्तीले श्रीमान् शान्तिराम भण्डारीलाई पनि आक्रमण गरी गम्भीर घाइते बनाएको छ। श्रीमान् शान्तिरामको उपचार भइरहेको छ।
एउटा छावासहित ४ वटा हात्तीको समूह गाउँ पसेको थियो। शनिबार बेलुकी ११ बजेदेखि नै गाउँमा आतंक मच्चाएको हात्तीको समुह आहारा खोज्दै हिड्दा छावा हात्ती घरभित्र छिरेको थियो। उक्त छावालाई बाहिर निकाल्न माउ हात्तीले घर भत्काउने गरेको स्थानीयले बताए।