News

१८ दिनदेखि वेपत्ता बालकको शव फेला, आमा र सौतेनी आमा पक्राउ

१८ दिनदेखि वेपत्ता बालकको शव फेला, आमा र सौतेनी आमा पक्राउ

डडेल्धुरामा १८ दिनदेखि वेपत्ता एक ८ वर्षिया बालकको शव गाडिएको अवस्थामा फेला परेको छ। गत पुस १२ गतेदेखि बेपत्ता भएका आलीताल गाउँपालिका–८ डाँडाखर्कका ८ वर्षीय बालक भरत बोहराको शव खाल्डोमा गाडिएको अवस्था फेला परेको हो।

स्थानीय दानबहादुर विष्टले पुस २७ गते उनी बेपत्ता भएको भन्दै प्रहरीलाई खबर गरेका थिए। सोही आधारमा प्रहरीले उनको खोजी गरेको थियो। शनिबार घरबाट पाँच सय मिटर टाढा शंकास्पद खाल्डो देखेपछि उत्खनन् गर्दा उनको शव फेला परेको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक गगांदत्त बडुले जानकारी दिए।

मृतक बालक ३४ वर्षीय आमा कल्मती बोहरा र ३१ वर्षीय सौतेनी आमा जानकी बोहरासँग बस्दै आएका थिए। उनका बुवा भने कामको लागि भारतमा रहेका छन्। बालकको हत्या गरेर घटनाबारे जानकारी नहोस् भनेर शव गाडिएको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ।

उनको हत्या किन र कसले गरेको हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। घटना अनुसन्धानका लागि मृतक बालककी आमा र सौतेनी आमालाई प्रहरीले नियन्त्रणमा लिएको छ। शवको प्रकृति हेर्दा केहि दिनअघि नै हत्या गरिएको हुनपर्ने प्रहरीले बताएको छ। 

विशेष