News

श्रीमान प्लेन दुर्घटनामा परेपछि पाईलट कोर्ष गरेकी अञ्जु, पाईलट वन्ने अन्तिम उडानमै परिन दुर्घटनामा

श्रीमान प्लेन दुर्घटनामा परेपछि पाईलट कोर्ष गरेकी अञ्जु, पाईलट वन्ने अन्तिम उडानमै परिन दुर्घटनामा

आइतबार बिहान पोखराको सेती खोंचमा दुर्घटनाग्रस्त भएको यति एयरलाइन्सको जहाजमा पाईलटको मुख्य भुमिकामा अञ्जु खतिवडा थिईन। जहाजमा प्रशिक्षक पाइलट कमल केसी थिए।

पाइलट केसी प्रशिक्षक पाइलट हुन्। स्रोतका अनुसार उनीसँग क्याप्टेन अनुभव ३५ वर्ष लामो थियो। उनले यसअघि नै पनि धेरै पाइलटलाई क्याप्टेनका लागि प्रशिक्षण दिएका छन्। काठमाडौंको बुढानिलकण्ठका बासिन्दा केसीले पाइलट कोर्स सकिएलगत्तै केही वर्ष नेपाल एयरलाइन्समा काम गरेका थिए। त्यसपछि उनी जागिरका लागि भारत गएका थिए। यति एयरलाइन्समा उनले १५ वर्षअघि जागिर सुरू गरेका थिए।

विराटनगरकी अन्जुले भारतबाट प्लस टु गरेकी हुन। सन २००६ मा जुम्लामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा श्रीमान् दीपक पोखरेललाई गुमाएपछि उनले अमेरिका गएर पाइलट पढेकी हुन।

अञ्जुले झन्डै १०० घन्टा जहाज उडाएकी थिइन्। कमलले अन्जुलाई गाइड गरिरहेका थिए र मुख्य भूमिकामा थिइन् अन्जु। प्रशिक्षणका रुपमा उनको यो अन्तिम उडान थियो। यसअघि अन्जुले पाइलट बन्नका लागि गर्नु पर्ने सबै विमानस्थलमा उडान पूरा गरेकी थिइन्।

अन्जुले यसअघि भद्रपुर, विराटनगर, धनगढी लगायत ठूला जहाज उडान हुने विमानस्थलमा सफल उडान गरिसकेकी थिइन्। क्याप्टेन बन्नका लागि प्रशिक्षकसँग कम्तिमा एकसय घण्टा उडान भरेको हुनुपर्छ। प्रशिक्षक पाइलटको रुपमा रहेका केसीले आज अञ्जुलाई क्याप्टेनमा पास गराउने अन्तिम उडान गराइरहेका थिए। अन्तिम उडान भएकाले यो उडान सफल भएको भए उनी क्याप्टेन बन्ने पक्का थियो। क्याप्टेन बन्नैका लागि उनी वरिष्ठ क्याप्टेन तथा प्रशिक्षक केसीसँग पोखराको उडानमा गएकी थिइन्।

काठमाडौंदेखि नै अन्जुलाई कमलले देब्रेतर्फको जिम्मा दिएका थिए। जहाज उडान र अवतरणमा सबै भूमिका देब्रेतर्फबाटै हुने भएकोले मुख्य भूमिका नै यो उडानमा अन्जुले सम्हालेकी थिइन्। अन्जुले क्याप्टेन क्लियरेन्सको प्रमाण पत्र पाउने त्यही उडान दुर्घटनामा पर्यो।

यती एयरलाइन्सको ९ एन–एएनसी एटीआर ७२ जहाज आइतबार बिहान पोखरा विमानस्थल नजिकै सेती खोचमा दुर्टघनामा परेको हो। विमानमा चालक दलका चार सहित ७२ जना सवार थिए। विमानमा एयरहोस्टेस सिर्जना होङ्चुन र ओसिन आलेमगर थिए भने ५३ जना नेपाली, १५ जना विदेशी सवार थिए। 

विदेशी नागरिकमा पाँचजना भारतीय, रुसका चारजना, कोरियाका दुईजना, आयरल्याण्डका एकजना, अर्जेन्टिनाका एकजना, अष्ट्रेलियाका एकजना र फ्रान्सका एकजना सवार थिए। विमान के कारणले दुर्घटना भयो भन्ने खुलेको छैन। सरकारले विमान दुर्घटना छानविन गर्न पूर्व सचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय समिति बनाएको छ। 

यति एयरलाइन्स अञ्जु खतिवडा कमल केसी

विशेष