News

राष्ट्रपति भण्डारीलाई ब्लड क्यान्सर !, यस्तो छ संघर्ष

राष्ट्रपति भण्डारीलाई ब्लड क्यान्सर !, यस्तो छ संघर्ष

केही दिनअघि वीर अस्पतालमा आयोजित एक कार्यक्रममा विभिन्न प्रकारका क्यान्सर, तिनको निदान र उपचार विधिबारे चर्चा भयो। क्यान्सर ‘सर्भाइभर’हरूको जीवन र मनोबलप्रति सम्मान गर्दै आयोजित उक्त कार्यक्रममा ‘ब्लड क्यान्सर भएका मान्छे उपचारपछि निको हुने र त्यसको राम्रो उदाहरण राष्ट्रपति विद्यादेवी भण्डारी भएको’ जानकारी गराईयो।

भक्तपुर क्यान्सर अस्पतालका वरिष्ठ चिकित्सक डा. विष्णुदत्त पौडेलका अनुसार क्यान्सरसँग लड्नु, त्यसमध्येको पनि सबैभन्दा गम्भीर मानिएको ब्लड क्यान्सरसँगै लड्नु, कसैका लागि पनि चानचुने कुरा होइन।  

यो रोग लागेपछि मान्छे मर्छ, नेपालमा यसको उपचार सम्भव छैन, उपचार भएपनि थुप्रै आर्थिक भार पर्छ भन्ने सोच कायमै छ। धेरैजसो क्यान्सर रोगीका परिवार मानसिक समस्यामा नै पर्ने गरेका छन्। यसैलाई चिर्ने सहज उदाहरणका रूपमा डा. पौडेलले राष्ट्रपति भण्डारी ब्लड क्यान्सरबाट निको भएको तथ्य पेस गरेका थिए।

देशको प्रथम महिला राष्ट्रपति र विश्वको सत्ताइसौँ महिला राष्ट्राध्यक्षका रूपमा मात्र होइन, क्यान्सर सर्भाइभरका लागि समेत भण्डारी जीवन जिउने प्रेरणा भएको उनको भनाई थियो। तेह्र–चौध वर्षअघि उनको उपचार सरकारी खर्चमा नभएर पारिवारकै संयोजनमा भएको हो। 

सुरुमा राष्ट्रपति भण्डारीलाई भारतको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) हस्पिटलमा ब्लड क्यान्सको उपचार गर्ने तयारी थियो। सँगै भारत गएका उनका देवर डा. कैलाश भण्डारीका अनुसार एम्समा उपचारका लागि समय लाग्ने भएपछि त्यहीँको एपोलो अस्पताल लगिएको थियो। 

डा. कैलाश अर्थोपेडिक सर्जन हुन्। उनीसहित ईएनटी (नाक, कान घाँटी) सर्जन डा. धर्मकान्त बाँस्कोटा पनि भारत गएका थिए। एपोलो अस्पतालका डा. हर्ष दुवाले राष्ट्रपति भण्डारीको उपचार गरेका थिए। डा. हर्ष इंगल्यान्डको नटिंगहम युनिभर्सिटीका प्रोफेसर हुन्। पछि अर्का प्रोफेसर डा. राजीवकुमार शर्मा पनि उपचारमा संलग्न भए। ब्लड क्यान्सर निको पार्नका लागि ‘किमोथेरापी’ गराइयो।

भण्डारीले खतरनाक क्यान्सरलाई जितिन् तर साइड इफेक्ट कम्मरमा देखियो। उपचारमा संलग्न चिकित्सकै सल्लाहमा स्टिलको जोर्नी राखेपछि भने उकालो–ओरालो हिँड्ने बेलामा ध्यान दिन थालिएको छ।

ब्लड क्यान्सरबाट पीडित भइरहँदा भण्डारी राजनीतिमा पनि सक्रिय थिइन्। डा. कैलाशका अनुसार त्यतिबेला निर्वाचनमा नउठ्ने कि भन्ने समेत छलफल भयो। स्वास्थ्यमा थोरै सुधार आउनेबित्तिकै उनी काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनिन। पुष्पकमल दाहाल नेतृत्वको सरकार ढलेपछि माधव नेपाल नेतृत्वमा सरकार गठन भयो। उनीले त्यतिबेला रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिईन।

विशेष